कोरोना संक्रमण बढेसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढ्यो काठमाडौं।अघिल्लो साताको तुलनामा नेपालमा कोरोनाबाट मर्नेको संख्या ८ प्रतिशतले वृद्धि भएको छ।संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि देखिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो साता नेपालमा कोरोना कारण १६६ जनाको मृत्यु भएको छ।अघिल्लो साता मृत्यु हुनेको संख्या १५४ थियो।गत साता नेपालमा थप १६ हजार ७६५ जनामा कोरोना पुष्टि भएको थियो।अघिल्लो साता यो संख्या १५ हजार ४३६ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्