थप २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं। स्वास्थ्य मन्त्रालयकाअनुसार आज देशभर कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ। योसँगै देशभर संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। हालसम्म संक्रमणका कारण नेपालमा १० हजार १९ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणका कारण नेपालमा हुने मृत्युको दर १.५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ७ लाख ७७ हजार ५८९ जना संक्रमित भएका छन्।
प्रतिक्रिया दिनुहोस्