देशभर निको भए १ हजार ७२२ जना कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर १ हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयकाअनुसार यो सँगै देशभर हालसम्म संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ। हाल नेपालमा कोरोना संक्रमणमुक्त दर हुने ९३.६ रहेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा ७ लाख ८० हजार ८०७ जना संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्