उपत्यकामा १० हजार २२६ जना सक्रिय कोरोना संक्रमित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १० हजार २२६ पुगेको छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार १९३ जना, भक्तपुरमा १ हजार २८८ जना र ललितपुरमा १ हजार ७४५ जना सक्रिय संक्रमित रहेका छन्। आज उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्