कोरोनाका कारण विश्वमा थप करिब ९ हजारले गुमाए ज्यान काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण थप ८ हजार ९१२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ९८ हजार ६५३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्काअनुसार बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५८८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार २७५ र रुसमा ७९३ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्