थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु काठमाडौं। पछिल्लो चौबिस घण्टामा थप २२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै देशभर कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरूको संख्या १० हजार ११५ पुगेको छ। हाल नेपालमा संक्रमितमध्ये १.५ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अर्कातिर, हालसम्म देशभर कुल ७ लाख ८७ हजार ५ जनामा संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्