काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना कारण ३ हजारले गुमाए ज्यान काठमाडौं।काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर,ललितपुर र काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार जनाले ज्यान गुमाएका छन्।कोरोनाका कारण नेपालमा भएको कुल मृत्युको २९.५५ प्रतिशत तीन जिल्लामा भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोनाका कारण काठमाडौंमा १ हजार ९९१,ललितपुरमा ६१२ र भक्तपुरमा ३९७ जनाको मृत्यु भएको छ।उपत्यकाकामा हालसम्म २ लाख ९१ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्