आज कोरोनाबाट थप ३० जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये एक दशमल चार प्रतिशतको संक्रमणका कारण मृत्यु भइसकेको छ। हालसम्म नेपालमा सात लाख ९५ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।
प्रतिक्रिया दिनुहोस्