देशभर निको भए २ हजार २९४ कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार २९४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर कुल ६ लाख ७७ हजार ३७७ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कुल कोरोना संक्रमितमध्ये ९३.३ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्