आज देशभर ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ। मन्त्रालयकाअनुसार हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ प्रतिशत रहेको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्