काठमाडौं उपत्यकामा थपिए १ हजार १३३ जना कोरोना संक्रमित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयकाअनुसार उपत्यकाको काठमाडौंमा ८११ जना, ललितपुरमा १९२ जना र भक्तपुरमा १३० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ लाख ८३ हजार ८११ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्