कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढीले ज्यान गुमाए काठमाडौं।कोरोना भाइरस संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा १० हजार २४१ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ लाख ४६ हजार ६७८ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४६६ जनाको मृत्यु भएको छ।सोही अवधिमा कोरोनाबाट रुसमा ८०८, ब्राजिलमा ९७५, अमेरिकामा ६६२ र इरानमा ५६८ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्