अदालतको फैसलाको औचित्यबारे समयले अग्नि परीक्षा लिनेछ: निवर्तमान प्रधानमन्त्री ओली काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाको औचित्यबारे अग्नि परीक्षा लिँदै जाने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले मुद्दामा भएको फैसलाको असर लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा लामो समयसम्म देखिने बताए। फैसलाले राजनीतिक स्थायित्व र दलीय व्यवस्थामा कति बल पुर्‍यायो भन्ने समीक्षा भविष्यले गर्ने उनले बताए। साथै, पार्टीले फैसला कार्यान्वयन गर्ने उनको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्