माधव नेपाललाई ओलीको जवाफ- राजाको पाउमा दाम राखेर ढोग्ने मान्छे होइन ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रतिक्रियावादीहरूको अघि नझुक्ने बताएका छन्। शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजासँग भेट्ने गरेको अभिव्यक्तिको जवाफ दिए। राजा नै नभएको नेपालमा आफुलाई भेट्यो भनेर भनिएको भन्दै उनले भने, वरिपरि परिक्रममा गरे पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन।
प्रतिक्रिया दिनुहोस्