एनएमबी बैंकद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई पीपीई हस्तान्तरण
<p>कैलाली । एनएमबी बैंकले सुदुरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) एक सय थान बिहीबार हस्तान्तरण गरेको छ । </p>
<p>बैंकको प्रदेश ६ र ७ का प्रमुख रमेशराज भट्ट र धनगढीका शाखाका प्रबन्धक अमन जोशीले संयुक्त रूपमा कोभिड-१९ विरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक गुणस्तरयुक्त पीपीई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन् ।</p>
<p>कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबी बैंकले पहिलो चरणमा सुदुरपश्चिम प्रदेश सरकारलाई उक्त सामग्री हस्तान्तरण गरिएको शाखा प्रबन्धक जोशीले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्