भर्खरै हिमालपारिका राष्ट्राध्यक्ष नेपाल आएर फर्केका छन्।
हिमालपारिको देश चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा भने भारतको समुद्री किनारामा अर्का छिमेकी सरकार प्रमुख नरेन्द्र मोदीसँग भेटेर आए।
हिमालपारिका मान्छे समुद्रको किनारमा नरिवल पानी खाएर हिमाली काखमा आइपुग्नु। कस्तो रमाइलो !
नेपालको अवस्थिति नै यस्तै रमाइलो भूगोलमा छ। यहाँ हिमाली स्याँठ र मनसुनी बतास एकैपटक चल्छ। एउटा हिमालबाट आउँछ अर्को समुद्रबाट।
त्यसैले त नेपालमा हिमाल वारपार गर्ने सम्भावना छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले त्यही हिमाल वारपारको चर्चा गरेर गएका छन्।
नेपाल र चीनबीच सीमा वारपार रेल दौडाउनका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति पनि भइसकेको छ।
रेल नहुँदैमा नेपाल–चीन आवतजावत नै हुँदैनथ्यो भन्ने चाहिँ अवश्य होइन।
भुटान, चीन, भारत, नेपाल हँुदै पाकिस्तानसम्म फैलिएको दुई हजार चार सय किलोमिटर लामो हिमालय पर्वत शृंखलालाई उत्तरबाट दक्षिण तर्फ बहने हिमनदीले ठाउँ–ठाउँमा चिरा पारेर छुट्याएका छन्।
यिनै गहिरा हिमाली खोचको बाटो हुँदै नेपालका मानिस तिब्बत हुँदै चीनसम्म पुग्थे। उताका मान्छे पनि तिनै बाटो हुँदै यता आउने गर्थे।
ती बाटोमा मानिसहरूले बनाएका बस्ती साह्रै सुन्दर र रमाइला छन्। तिनै मध्ये एउटा हो, चुम उपत्यका।
आउनोस् चुमकै चर्चा गरौं।
मुग्लिङबाट मर्स्याङ्दी पुल तरेर पोखरातर्फ लाग्दा उत्तरतिर आँखै अगाडि ठोक्किने गरी सेताम्मे हिमचुचुरा देखिन्छन्। पोखरा नपुगुन्जेल पृथ्वी राजमार्गमा झण्डै ९० किलोमिटर यात्रा गर्दा देखिने यो दृश्यले मन लोभ्याइरहन्छ।
तपाईं बन्दीपुर पुग्नुभएको छ भने त त्यहाँबाट बिहानपख सुनजस्तै टल्किरहेको यो हिमशृंखला अवश्य देख्नुभएको होला।
यसरी मनै चोर्ने गरी देखिने हिमशृंखलाको नाम हो, मनास्लु।
संसारकै आठौं अग्लो हिमाल मनास्लु (८१६३ मिटर) सँगै काँधमा काँध मिलाएर लहरै उभिएका छन्, न्यादी चुली (७८७१ मि.), हिमालचुली ( ७८९३ मि.) र बौद्ध हिमाल (६६९२ मि.)।
हेर्दा जति सुन्दर छ, आरोहणका लागि त्यत्तिकै कठिन मानिन्छ मनास्लु। आरोहणका क्रममा थुप्रै आरोहीले जीवन गुमाएकाले यो हिमाललाई ‘किलर माउन्टेन’ पनि भन्ने गरिन्छ। जतिसुकै कठिन भए पनि यो शिखर पनि मानव पाइतालाको स्पर्श पाउनबाट चुकेको छैन।
सन् १९५६ मा जापानी आरोही तोसी ईमानासी र उनका शेर्पा सहयोगी ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए।
यो मनास्लु हिमशृंखलालाई बुढीगण्डकी र मस्र्याङ्दी नदीले छुट्याएका छन्।
यो हिमशृंखला पारि पनि नेपाल छ भन्दा तपाईं छक्क पर्नुहोला। हो त, यसभन्दा पारि दुई हिमाली उपत्यका छन् जहाँ झण्डै दुई दर्जन गाउँ छन्। ती सबै गोर्खा जिल्लाको उत्तरी क्षेत्रमा पर्छन्।
तिब्बती मुलका भोटे समुदायको बसोबास रहेका ती गाउँ ताप्ले, लाजुङ, लार्के लगायतका हिमाली भञ्ज्याङमार्फत् तिब्बतसँग जोडिन्छन्। वर्षमा ६ महिना मात्रै खुल्ला रहने यी नाकाहरू जाडो मौसममा भने हिउँ जमेर ठप्प हुन्छन्।
यी गाउँका मानिस दक्षिणतिर जानपर्यो भने बुढीगण्डकीको खोचैखोच झर्नेे गर्छन्।
मनास्लुको ठ्याक्कै पछाडि समागाउँ, साम्दो लगायत एक दर्जन गाउँ छन्। पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका छ। तपाईंले नेपालको नक्सा हेर्दा गोर्खा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नुहुनेछ। हो, त्यहीँ पर्छ यो उपत्यका। छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको यो ठाउँ रहस्यले भरिएको हिमाली उपत्यका हो।
साँच्चै कल्पना गर्नुस् त। यी हिमाली गाउँ घुम्नुको मज्जा, यहाँका गुम्बा, स्तुप, र्छोर्तेन, माने वरिपरि दिनभरि डुल्नुको आनन्द अनि अग्ला हिमशिखरको काखैमा लुटपुटिँदाको स्वर्गीय क्षण।
जीवनमा थोरै मानिसले मात्र यो आनन्द महसुस गर्न पाउँछन्।
प्रकृति र बौद्ध परम्पराले अदभूत सजिएको यी गन्तव्य केही वर्ष यता विदेशी पर्यटकहरू माझ आकर्षक गन्तव्यको रूपमा चिनिन थालेको छ।
मनास्लु सर्किट र चुम उपत्यका गरी दुई फरक–फरक पदयात्रा मार्ग यो क्षेत्रका प्रमुख आकर्षण हुन्। एडभेञ्चर र जोखिम मोल्न चाहनेहरू मनास्लु सर्किटको यात्रा रोज्छन् भने हिमाली जीवनशैली, बौद्ध परम्परा र सुन्दर हिमाली दृश्यमा रमाउन चाहनेहरू चुम उपत्यकाको यात्रा गर्न मन पराउँछन्।
केही पदयात्रीले भने चुम भ्याली र मनास्लु सर्किट दुवैको यात्रा एकैपटक गर्छन्।
मनास्लु क्षेत्रको पदयात्रामा जानेहरू मुख्य रूपमा गोर्खाको आरुघाट हुँदै बुढीगण्डकीको खोचैखोच उत्तरतर्फ उक्लने गर्छन्। एक्लेभट्टी भन्ने स्थानबाट चुम उपत्यका जानेहरू सियार खोलाको किनारैकिनार उत्तरतर्फ लाग्छन्।
मनास्लु सर्किट जानेहरू भने उत्तर पश्चिमतर्फ बुढीगण्डकी नदीलाई पच्छ्याउदै समागाउँतर्फ उक्लन्छन्। यो बाटो साम्दो, धर्मशाला हुँदै पाँच हजार १२५ मिटर अग्लो लार्के भञ्याङ छिचोल्दै भिन्तागं, खर्चे, भिर्चे हुँदै मनाङको धारापानी निस्किएर बेँसीशहर पुग्छ।
केही थोरै पदयात्रीहरू गोर्खाको बारपाक हुँदै बुद्ध हिमालभन्दा पूर्वतर्फको रुपीनाला भञ्ज्याङ छिचोल्दै चुम उपत्यका वा मनास्लु सर्किट पूरा गर्छन्। तर, यो रुटमा यात्रा गर्दा दईु या तीन दिन क्याम्पिङ गर्नु पर्ने भएकाले त्यहीअनुसारको तयारीसहित जानुपर्छ।
यसपालि चुम उपत्यकाको यात्रा गरौं। अहिले माैसम पनि उपयुक्त छ।
दिनमा ७ देखि १० घण्टाको रफ्तारमा हिँड्ने हो भने कम्तीमा १० दिनमा यो यात्रा पूरा गर्न सकिन्छ। विदेशी पदयात्रीले भने १५ देखि १६ दिनमा यो यात्रा पूरा गर्छन्।
थामिएको मनसुनसँगै चुम उपत्यका यात्राको शुरु काठमाडौंबाटै गरौं।
यात्राको शुरुआत
काठमाडौंबाट धादिङबेँसी हुँदै धादिङ र गोर्खाको सीमावर्ती बजार आरुघाटसम्म नियमित बस पाइन्छ। त्यहाँबाट लोकल बस तथा जिपबाट आरखेत हुँदै सोती पुग्न एकदेखि डेढ घण्टा लाग्छ।
हिउँदको समय हो भने त्यहाँभन्दा एक दिनको पैदल दूरीमा पर्ने माछा खोलासम्म नै मोटरमा जान सकिन्छ। अझै वर्षात् नरोकिएकाले सोतीखोला भन्दा माथिको बाटो अप्ठेरो हुन्छ। त्यसैले मानिसहरू यहीँबाटै हिँड्न रुचाउँछन्।
सोती खोलाछेउमा केही होटल तथा लजका साथै क्याम्पिङ साइटहरू पनि छन्। यहींबाट नै आफूले बोक्ने झोला, आवश्यक सामान, भरिया र अगाडिको बाटोको अवस्थाबारे जानकारी लिनुपर्छ।
दोस्रो दिन
सोतीबाट बिहानको खाजा खाएर सकभर छिटै हिंडेको राम्रो। अबको बाटो बुढीगण्डकीको किनारैकिनार माथि लाग्ने हो। पानी पर्ने क्रम अझै राम्ररी नरोकिएको र राति परेको शीतले बाटो लपक्कै भिज्ने हुँदा सतर्कतापूर्वक पाइला चाल्नुपर्छ। नत्र सानो गल्तीले पनि चिप्लिएर बुढीगण्डकीमा खस्ने डर यात्राभर रहिरहन्छ।
सोतीबाट हिंडेपछि बिहानको खाना खान लापुबेँसी पुगिन्छ। रातिको बास बस्न भने खोर्लाबेँसी उपयुक्त हुन्छ। खोलैखोलाको खोच भएर हिंड्नुपर्ने भएकाले सुन्दर पहाडी दृश्यको अवलोकन गर्न भने केही दिन पाइँदैन।
बुढीगण्डकीको चर्को सुसाइसँगै हल्का उकालो बाटो पछ्याउँदै जाँदा बाटोको दायाँबायाँ राम्ररी ढुंगाले चिनेका खुड्किला बाटाहरू ठाउँठाउँमा भेटिन्छन्। ती बाटोहरू कुनै लाप्राक, गुम्दा, बारपाक जाने त कुनै माझगाउँ, दोर्बा, काशीगाऊ केरौजा जाने थिए।
लापुबेँसीबाट कस्सिएर तीन, चार घण्टा हिंडेपछि माछाखोला पुगिन्छ। यहाँ खानबस्नका लागि होटल र क्याम्पिङको लागि ठाउँ उपलब्ध छन्।
दाल भात खानका लागि १५० देखि २०० र सुत्नका लागि ५०० देखि एक हजार रुपैयाँसम्म पर्न सक्छ। सामूहिक रूपमा सुत्ने हो भने त १०० रुपैयाँमै खाटसहितको ओछ्यान पाइन्छ।
माछा खोलाबाट अझै एक घण्टा हिंड्ने हो भने अर्को बजार भेटिन्छ, जसलाई खोर्ला बेसी भनिन्छ। यहाँबाट एक घण्टा पश्चिमतर्फ उक्लिएपछि मुख्य खोर्ला गाउँ भेटिन्छ।
यात्राको पहिलो दिन भएकाले आजको रात खोर्ला बेसीमा नै बस्दा उपयुक्त हुन्छ। खोर्ला बेसी पुग्नु अगाडिको बाटो अलि बढी जोखिम मानिन्छ। यो खण्डको बाटो नदीको छेवैबाट अगाडि बढ्ने भएकाले पानी परेको बेलामा खुबै चिप्लो हुन्छ, जसकारण घोडा खच्चडदेखि मािनसहरू समेत बुढीगण्डकीमा खसरे बेपत्ता भइरहन्छन्।
तेस्रो दिन
खोर्लाबेसीबाट एक घण्टा हिंडेपछि तातोपानी पुगिन्छ। बाटो छेवैमा केही होटल र तातोपानीको धारा भएकाले पदयात्रीहरू यहाँ एक डेढ घण्टा रोकिएर तातो पानीमा नुहाएर जाने गर्छन्।
अबको बाटो बुढीगण्डकी माथि बनेको झोलुंगे पुल पार गर्दै नदीको दायाँ किनार हुँदै अगाडि बढ्ने हो। अगाडि दोभानमा पुगिन्छ। यहाँबाट अलि अप्ठेरो उकालो बाटो कटेपछि यारुखोला पुगिन्छ। यारुखोलाबाट अझै अगाडि बढेपछि फेरि बुढीगण्डकीको झोलुंगे पुल तरेर देब्रे किनार हुँदै बाटो अगाडि बढ्छ।
आजको रात जगतमा विश्राम गर्दा उपयुक्त हुन्छ। १६६० मिटर उचाइमा रहेको जगत सानो बजार हो। मनास्लु संरक्षण क्षेत्रको कार्यालय पनि भएकाले ट्रेकिङ अनुमति लिएका विदेशी पर्यटक मात्र यहाँ भन्दा अगाडि जान पाउँछन्। यहाँ होटल लज, प्रहरी चौकी र क्याम्पिङ लागि ठाउँ छन्।
चौथो दिन
जगतबाट अगाडि बढ्दा पहिलेकै जस्तो हल्का उकालो, नदीको तीरैतीर, कहिले भीर त कहिले बगर हुँदै बाटो अगाडि बढ्छ।
सल्लेरी, सिर्दीबास, घट्टे खोला हुँदै फेरि बुढीगण्डकीमाथिको अग्लो झोलुंगे पुल तरेर आधा घण्टा उक्लिएपछि रमाइलो लेकाली गुरुङ गाउँ पुगिन्छ। नाम हो – फिलिम।
नाम जस्तै सुन्दर यो गाउँ निकै रमणीय छ। फिलिम यो क्षेत्रको एक प्रमुख बजार हो। विद्यालय, स्वास्थ्य संस्था, पसल, होटल सबै छन्, यहाँ। हामी भने यहाँबाट पनि अझै माथि गएर बास बस्नुपर्ने छ। भोलि त चुम उपत्यकालाई चुम्नु छ।
त्यस्को लागि आज हामी एक्लेभट्टी या लोक्पामा गएर बास बस्नुपर्छ।
पाँचाैं दिन
एक्लेभट्टीबाट एक घण्टा अगाडि बढेपछि बाटो दुईतिर छुटिन्छ। उत्तरपश्चिमतर्फ बुढीगण्डकी पछ्याउँदै जाने हो भने सामागाउँ, साम्दो हुँदै लार्के पुगिन्छ अर्थात् मनास्लु सर्किट। तर, हामी भने चुम उपत्यका हुँदै आउने सियार खोलाको किनारैकिनार उत्तरतर्फ अगाडि बढ्छौं।
यात्राको क्रममा सबभन्दा बढी कठिन र उकालो अब शुरु हुन्छ। आजको दिनभरि नै बाटो उकालो र साँघुरो छ। यहीबाटै चुम उपत्यका क्षेत्र शुरु हुन्छ। आजको दिन हामी अलि कस्सिएर हिंड्ने हो भने मध्याह्नको खाना खान चुम्लिङ गाउँ पुग्न सक्छौं।
चुम्लिङ हाम्रो यात्राको क्रममा भेटिने पहिलो तिब्बती मूलको शेर्पा समुदायको बसोबास रहेको गाउँ हो। ढुंगाले बनेका आकर्षक घर, चारैतिर पाक्दै गरेका बालीले चुम्लिङ रमणीय लाग्दछ। यहाँबाट सिरिङ्गी हिमालको मनोमोहक दृश्य देखिन्छ।
चुम्लिङबाट तीन घण्टा कस्सिएर हिंड्ने हो भने साँझपख बास बस्न छेकम्पार पुगिन्छ। चुम उपत्यकाको सबैभन्दा ठूलो गाउँ मानिने यहाँ खान बस्नको लागि होटल, लज, होमस्टे प्रशस्त पाइन्छन्। तिब्बत प्रवेश गर्ने ताप्ले नाका (५१०४ मि) यही बाटो जाने भएकाले यहाँ सीमा प्रहरी चौकी पनि छ।
छेकम्पारबाट वास्तविक चुम उपत्यकाकोे अनुभव गर्न सकिन्छ। ढुंगाले बनेका कलात्मक घर, आकर्षक गुम्बा, चारैतिर हजारांैको संख्यामा रहेका माने र छोर्तेन अनि प्रकृतिले सिंगारिएको हिमाली काख।
वाह! हाम्रो देश।
यो सौन्दर्य शब्दमा वर्णन हुँदैन।
छैठौं दिन
अब हामी उत्तरबाट दक्षिणतर्फ लमतन्न ओरालो परेर सुतेको विशाल हिमाली उपत्यकामा हिंड्न थाल्छाैं।
छेकम्पारबाट दक्षिणतर्फ हेर्दा हामीले सधैं उत्तरतर्फ देखिने हिमालचुली र बौद्ध हिमालको उत्तरी मोहडा देख्न सक्छाैं भने पूर्वतर्फ ७,१४० मिटर अग्लो गणेश हिमाल। अगाडि बढ्ने क्रममा नाउर, हिमाली थार, घोरल बाटैमा जताततै भेटिन्छन्। याक र चौरीका बथानले त हिंड्ने बाटो छेकेर हैरानै पार्छन्।
अब हामी गणेश हिमालको पश्चिमतर्फको हिमाली चुचुराको फेदी हुँदै उत्तर लाग्छौं। फराकिला फाँट, खेतका गह्रा, माने, छोर्तेन, गुम्बा छिचोल्दै अगाडि बढ्दा खोला पारि प्रख्यात रिचेन गुम्बा देखिन्छ। लामाबगर हुँदै अगाडि बढ्दा बाटैमा विशाल बौद्ध स्तूप भेटिन्छ, जसलाई चुले स्तूप भन्ने गरिन्छ।
छेकम्पारदेखि नै बाटो सजिलो छ। हल्का उकालो, नदी र खेतको डिलैडिल हिंड्नुपर्ने। चुले गाउँ पार गरेर साँघुरो पुल तरेपछि नदी किनारैमा सानो गाउँ आइपुग्छ।
नीले (३३६१ मि.)अर्थात् हाम्रो यात्राको अन्तिम मानव वस्ती। यो नै चुम उपत्यकाको अन्तिम गाउँ हो। यो भन्दा माथि यो क्षेत्रको आस्थाको केन्द्र मानिने प्रसिद्ध मु गुम्बा मात्र छ।
नीलेमा साधारण होटल, लज तथा क्याम्पिङ साइटहरू छन्। चारैतिर हिमालले ढाकिएकाले यो ठाउँ अन्यत्रको तुलनामा अलि बढी चिसो छ।
सातौं दिन
अब हामी यात्राको अन्त्यतिर आएका छौं।
नीलेबाट दुई घण्टा पैदल उत्तरतर्फ हिंडेपछि मु गुम्बा पुगिन्छ। तीन हजार ७०० मिटर उचाइमा रहेको गुम्बाबाट चारैतिरको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ। मु गुम्बा हुँदै अझै एकदिन उत्तरतर्फ हिंड्ने हो भने नेपाल–तिब्बतको सिमानामा पुगिन्छ। तर, गुम्बा भन्दा माथि कुनै मानव बसोबास नभएकाले पर्यटकहरू मु गुम्बाबाटै फर्कने गर्छन्। पदयात्रीहरू नजिकै रहेका रिक्याङ, ढेफुडोमा गुम्बाहरूको अवलोकन गर्दै फर्कन थाल्छन्।
फर्कंदा भने गणेश हिमालका पश्चिमी मोहोडाका हिमचुचुरा हेरेर मख्ख पर्दै त्यो रात रेचेन गुब्बा बस्नको लागि उपयुक्त हुन्छ। यहाँबाट भने हामी अघिल्लो दिन आएको छेकम्पारको बाटो नभएर खोलाको पारि अर्थात् रेचेन गुम्बा, तुम्जे, रिप्चेतको बाटो फर्कन्छाैं।
आठाैं दिन
अब फर्कने समय भयो। हामी ओह्रालो बाटो हँुदै बिहानको खानाको लागि रिप्चेत पुग्न सक्छौं। त्यहाँबाट एक्लेभट्टी हुँदै साँझपख फिलिममा बास बस्न पुग्न सक्छौं।
नवौं दिन
फिलिमबाट बिहानै हिँडेपछि सिर्दीबास जगत हुँदै रातिको बास बस्न माछा खोला पुग्न सकिन्छ।
दशाैं दिन
माछा खोलाबाट सबेरै हिंड्दा चार घण्टामा सोती पुग्न सकिन्छ। सोतीबाट लोकल गाडीमा आरुघाट हुँदै त्यहाँबाट साँझसम्म काठमाडौं पुग्न सकिन्छ।
अन्दाजी खर्चः प्रतिदिन दुई हजार (प्रतिव्यक्ति)
काठमाडौं-सोती-काठमाडौं मोटर भाडाः दुईहजार (प्रतिव्यक्ति)
आवश्यक सामग्रीः
(पदयात्राका लागि उपयुक्त मौसम शुरू हुँदैगर्दा चुम भ्याली ट्रेकिङ सम्बन्धी यो सामग्रीसँगै हामीले ‘नेपाल घुमौं’ शृंखला शुरू गरेका छौं । –सम्पादक)
" />

">