काठमाडौं। कोभिड–१९ को कारण विश्व अर्थतन्त्र अहिलेसम्मकै सबैभन्दा धेरै प्रभावित हुने र आर्थिक मन्दी आउने आकलनहरू सार्वजनिक भइरहेका छन्। यहीकारण विश्वभरको अर्थतन्त्र चौपट भएको छ। त्यससँगै नेपालको अर्थतन्त्र पनि शिथिल हुनपुगेको छ।
नेपालमा मुख्य गरी पर्यटन, वायुसेवा, रेमिट्यान्स, खाद्यन्न तथा कृषि र बैंकिङ क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।
पर्यटनः खाली भए होटल रिसोर्ट
पर्यटन क्षेत्रले मात्रै नेपालको कुल गार्हस्थ उत्पादनमा ६.७ प्रतिशत योगदान गर्दै आएको छ। नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब साढे २० लाख मानिस आबद्ध छन्। यो नेपालको कुल रोजगारीको करीब ६.९ प्रतिशत भएको रेन्डा विज सर्भले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ।
नेपालको पर्वतारोहणको क्षेत्रमा मात्रै करीब २० हजार मानिसले रोजगारी गुमाउने अवस्था आएको उक्त प्रतिवेदनमा उल्लेख छ।
नेपालका सबैजसो होटल तथा रेष्टुरेन्टहरु अहिले बन्द छन्। कोभिड–१९ को संक्रमण निरुपन भए पनि त्यसपछिको ६ महीना नेपालमा होटलको व्यवसाय प्रभावित हुने नेपाल होटल एशोसिएशनका द्धितीय उपाध्यक्ष प्रविण पाण्डेले बताए। होटल व्यवसायको आम्दानी शून्य भएकाले बैंकको ऋणको व्याज तिर्न र कर्मचारीलाई तलब खुवाएर राख्नै नसक्ने अवस्थामा होटल सञ्चालकहरू पुगिसकेको उनले बताए।
नेपाल भ्रमण वर्ष २०२० शुरू भएको र स्थिर सरकार समेत भएको भन्दै पर्यटन व्यवसायीले बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गरेका थिए। कोभिड–१९ का कारण सरकारले भ्रमण वर्षको कार्यक्रम रद्द गरेको छ। जसका कारण, ठूलो आम्दानीको अपेक्षा गरेर पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरू अहिले समस्यामा परेका छन्। नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नेपालको पर्यटन क्षेत्रमा मात्रै करीब १६० अर्ब बराबरको क्षति हुने आकलन रहेको बताउँछन्।
वायुसेवाः छैनन् यात्रु
पर्यटन क्षेत्र जत्तिकै प्रभावित भएको अर्को क्षेत्र हो हवाई सेवा। नेपालमा २९ वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले वायु सेवा सञ्चालन गरिरहेका छन्। अघिल्लो वर्षको तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा वायु सेवाको योगदान ३.७ प्रतिशतको हाराहारीमा छ। आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत् सरकारले वायु सेवाको लागि १५ अर्ब ८५ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो
आईएटीएको तथ्यांकअनुसार, एक वर्षका १ अर्ब ४० करोड मानिस हवाई सेवा प्रयोग गरी एक देशबाट अर्को देशमा जाने गरेका थिए। यिनै हवाई यात्रुबाट वायु सेवाको व्यवसाय चलिरहेको थियो। अहिले विश्वभरका १८० देशले एक–अर्को देशमा आवतजावत बन्द गरेका छन्। अहिलेका लागि १८ बैशाखसम्म नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा स्थगित गरिएको छ। नेपालमा हवाई सेवा प्रयोग गरेर धेरै पर्यटक आउने देश चीन, अमेरिका, बेलायत जस्ता देशहरू आफैं कोरोना संक्रमणको महामारीसँग जुधिरहेका छन्।
रेमिट्यान्सः १० प्रतिशत ओरालो
नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको रेमिट्यान्स सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। विश्व बैंकले भर्खरै प्रकाशन गरेको प्रतिवेदनअनुसार विश्वभर २० प्रतिशतले रेमिट्यान्स प्रवाह घट्ने आकलन छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक बर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। केन्द्रिय बैकले चालु आवमा ५ प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गरेको थियो।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले यो बर्ष नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान केन्द्रिय बैंकको रहेको बताए।
“गतबर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह बृद्धि भएको थियो, यो बर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा पुग्ने अनुमान गरेका थियौ”, भट्टले भने, “तर, कोरोना महामारीले श्रम बजारलाई प्रभावित पारेका कारण रेमिटयान्स आय पनि घट्ने देखिएको छ।”
नेपालीको दैनिक जनजीविका लगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा रेमिट्यान्सको ठूलो योगदान थियो। नेपालीको प्रमुख श्रम गन्तव्य रहेका अरब र खाडीका देशहरु नै कोरोना महामारीमा परेकाले त्यहाँको रोजगारी कटौती हुने र नेपाली कामदारहरू स्वदेश फर्किनुपर्ने अवस्था रहेको छ। कतिपय देशमा लकडाउन भएका कारण कामदारहरूमा ‘फोर्स लिभ’दिइएको छ।
कृषिः भोकमरीको खतरा
मुख्य बाली भित्र्याउने र नयाँ बाली लगाउने सिजनमा कृषि सामग्रीको आपूर्ति श्रृङ्खला विग्रिँदा नेपालको कृषि क्षेत्रले उत्पादकत्व गुमाउने अवस्था देखिएको छ। देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ। त्यसमध्ये धान बालीको मात्रै २० प्रतिशत भन्दा बढी छ। धानको विउ राख्ने बेलामा नै उन्नत जातको विउ र त्यसका लागि आवश्यक मल कृषकको खेतमा पुर्याउन नसक्दा धानको उत्पादन प्रभावित हुन्छ। धानको विउ राख्ने बेलामा नै मल र बीउ पुर्याउन नसकिने अवस्था आएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहजिकरण गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ।
दूध उत्पादन, कुखुरापालन व्यवसाय र तरकारी खेती गरिरहेका कृषकले सबैभन्दा धेरै क्षति बेहोरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले बताए। मन्त्रालयले अहिले क्षतिको विवरण संकलन गरिरहेको र त्यसैको आधारमा राहतको कार्यक्रम बनाउने क्रममा मन्त्रालय रहेको उनले बताए।
नेपालले चिया, अदुवा, अलैची, सोयाविन लगायतका वस्तुको उत्पादन र निर्यात गर्दै आएको छ। देश लकडाउनमा भएको कारण निर्यात व्यापार पनि प्रभावित भएको छ। पाकेको बाली भित्र्याउने र नयाँ बाली लगाउने काममा कृषकलाई सहजीकरण गर्न नसके देशले भोकमरीको समस्या झेल्नुपर्ने अवस्था आउने मिश्रले बताए।
बैंक तथा वित्तः आम्दानी गुमाउँदै
बैंक तथा वित्तीय क्षेत्रलाई पनि कोभिड–१९ को दुस्प्रभावले उत्तिकै गाँज्ने अवस्था छ। एक महीनायता देश लकडाउनमा छ। उद्योग कलकारखाना चल्न सकेका छैनन्। पर्यटन व्यवसाय ठप्प छ। सबैजसो नेपालीको दैनिकी ठप्प छ।
यस्तो अवस्थामा बैंकले पूराना कर्जा र ब्याज असुल्न सकेका छैनन्। बाणिज्य बैंकहरूले चैत महीनामा करीब ४० प्रतिशत मात्रै ब्याज असुल गर्न सकेको नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बताए। व्याज असुली नहुने क्रम निरन्तर बढेर जान सक्ने उनले बताए।
ऋण लिएका ग्राहकहरूको आर्थिक गतिविधि ठप्प छ। सोही कारण पनि उनीहरू ऋण तिर्न सक्ने अवस्थामा छैनन्। अर्कोतर्फ बैंकले तत्काल लगानी बढाउने अवस्था पनि छैन। यसले बैंक तथा वित्तीय संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ। बैंकहरूको लगानी जत्तिकै आम्दानी पनि घटेको दाहालले बताए।
" /> काठमाडौं। कोभिड–१९ को कारण विश्व अर्थतन्त्र अहिलेसम्मकै सबैभन्दा धेरै प्रभावित हुने र आर्थिक मन्दी आउने आकलनहरू सार्वजनिक भइरहेका छन्। यहीकारण विश्वभरको अर्थतन्त्र चौपट भएको छ। त्यससँगै नेपालको अर्थतन्त्र पनि शिथिल हुनपुगेको छ।नेपालमा मुख्य गरी पर्यटन, वायुसेवा, रेमिट्यान्स, खाद्यन्न तथा कृषि र बैंकिङ क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।

">