काठमाडौं। राकुटेन भाइबर र यूएन वुमेनबीच महिला सशक्तिकरण र लैङ्गिक समानता अभिवृद्धिकाका लागि सहकार्य भएको छ।
मेसेन्जर एवं कल एप भाइबरको कम्पनीका रूपमा रहेको दुई संस्थाबीच नवीनतम प्रविधियुक्त मञ्चको उपयोग गर्दै समुदायमा लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्द्धन गर्ने सन्दर्भमा साझेदारी भएको हो।
सूचना, जानकारी आदान–प्रदान गर्ने एक साझा मञ्च र नेपाल लगायत अन्यका भाइबर प्रयोगकर्तालाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारी अन्तर्गत भाइबर ‘कम्युनिटी’ र २ वटा स्टिकर प्याक पनि प्रस्तुत गर्ने लक्ष्य रहेको कम्पनीले जनाएका छन्।
कम्पनीका अनुसार भाइबर कम्युनिटीले अनलाइन स्थान संचालन गर्नेछ, जहाँ आफ्नो रूचीमा आधारित रहेर मानिस नजिकिन सक्दछन्। तस्वीर, इन्फोग्राफिक्स र भिडिओको प्रयोग गरेर यूएन वुमेनले लक्षित वर्गसम्म पुग्ने, जानकारी प्रचार प्रसार गर्ने तथा सामाजिक मानक, लैङ्गिक भूमिका, असमानता र महिला, बालिका तथा सीमान्तकृत समूहका व्यक्ति आदिको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।
कम्युनिटीले प्रयोगकर्ताहरूलाई जनमत साथसाथै स्टिकर प्याक जस्तो विशेषतामार्फत् उनीहरूलाई आपसी कुराकानीद्वारा जनचेतना अभिवृद्धि एवं जानकारी साटासाट गर्न दर्शकसँग अन्तरक्रिया गर्नका लागि अवसर पनि उपलब्ध गराउने जनाइएको छ।
" /> काठमाडौं। राकुटेन भाइबर र यूएन वुमेनबीच महिला सशक्तिकरण र लैङ्गिक समानता अभिवृद्धिकाका लागि सहकार्य भएको छ।मेसेन्जर एवं कल एप भाइबरको कम्पनीका रूपमा रहेको दुई संस्थाबीच नवीनतम प्रविधियुक्त मञ्चको उपयोग गर्दै समुदायमा लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्द्धन गर्ने सन्दर्भमा साझेदारी भएको हो।

">