काठमाडौं । सरकारले आगामी दशकलाई भ्रमण वर्ष दशकका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना रहेको जनाएको छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजना बनाएको सरकारले भ्रमण वर्षलाई आगामी दशकभर मनाउने योजना अघि सारेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दशकमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सरोकारवाला निकायसँग छलफल गरी रणनीति तय गरिने जानकारी दिए ।
आज गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित समितिलाई बधाई दिंदै पर्यटनमन्त्री भट्टराईले सन् २०२० मा भ्रमण वर्षको अभियान सकिने नभइ भ्रमण वर्षको थालनी हुने बताए ।
कार्यक्रममा बोल्दै उनले भने, “आगामी दशकलाई भ्रमण वर्षको दशकको रुपमा मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजनाका साथ काम अघि बढाउछौँ ।”
मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानको तयारीमा सिङ्गो मुलुक जुटिरहेको बताउँदै अभियानलाई सफल बनाउन एनआरएनको सक्रिय भूमिकाको खाँचो भएको बताए ।
पर्यटनमन्त्रीले कुल गाह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्याउने लक्ष्यका साथ सरकार जुटेको पनि उल्लेख गरे । रासस