महालक्ष्मी विकास बैंकका ऋणीलाई व्याजमा १० प्रतिशत छुट <p>काठमाडौं। महालक्ष्मी विकास बैंकले कोभिड-१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै आफ्ना ऋणीहरूलाई व्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।</p> <p>नेपाल राष्ट्र बैंकको गत १६ चैतको निर्देशन बमोजिम चैत २०७६ मा भुक्तानी गर्नुपर्ने किस्तामध्ये चैत मसान्तभित्रमा भुक्तानी भएकाको हकमा व्याज छुट दिइएको बैंकले जनाएको छ।</p> <p>&ldquo;ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता&divide;व्याज भुक्तानीमा देखाएको इमान्दारिताको कदर गर्दै छुट रकम ग्राहकको खातामा जम्मा गरिसकिएको छ,&rdquo; बैंकको विज्ञप्तिमा उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्