काठमाडौं।नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आबद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ।
युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको सेजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सेजनले आफ्ना प्रत्येक सदस्यहरूको पचास हजार रुपैयाँ बराबरको बीमाङ्क रकमको कोरोना बीमा गरेको छ। बीमापछि सेजनमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुने सेजनले बताएको छ।
युनाईटेड इन्स्योरेन्सले लकडाउनकाे अवधीमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ। कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, अग्नी, इन्जिनियरिङ्ग, कृषि तथा पशुपन्छी बीमा लगायतका बीमा लेखहरु जारी गर्दै आएको बताएको छ।
" /> काठमाडौं।नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आबद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ।युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको सेजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

">