सेञ्चुरी कमर्सियल बैंकका सबै कर्मचारीको कोभिड–१९ बीमा
<p>काठमाडौं। सेञ्‍चुरी कमर्सियल बैंकले आफ्ना सबै कर्मचारीको कोभिड–१९ बीमा गरेको छ।</p>
<p>कोरोना संक्रमण निरन्तरण बढिरहेकोले आफ्ना कर्मचारीहरूमा कोभिड–१९ संक्रमण भएमा आर्थिक सुरक्षा प्राप्त होस भन्ने उद्देश्यले बीमा गराएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।</p>
<p>बैंकले लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत कोभिड–१९ बीमा गराएको हो।</p>
<p>बीमा समितिले नेपालमा निर्जीवन बीमा कम्पनीहरूलाई कोभिड–१९ सम्बन्धी बीमालेख जारी गर्ने अनुमति दिएको छ। बीमा कम्पनीहरूले एक लाख र ५० हजार बीमाङ्क रकम कायम गरी बीमा लेख जारी गर्न पाउँछन्।</p>
प्रतिक्रिया दिनुहोस्