धानकाे मूल्य निर्धारण

वीरगञ्ज। संघीय सरकारले धानकाे मूल्य तोकेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका अनुसार संघीय सरकारले मोटो धान प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम चामल दुई हजार ६७३ रुपैयाँ १५ पैसा चामल खरीदको समर्थन मूल्य तोकेको शाखा प्रमुख नरनाथ अधिकारीले बताए।

उनले सरकारले धान खरीदको समर्थन मूल्य तोके पनि हालसम्म कति धान खरीद गर्ने भन्ने र लक्ष्य नताेकिएकाे बताए।

वीरगञ्ज शाखाले निजी क्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा आर्थिक वर्ष २०७४/७५ मा आठ करोड २४ लाख ९५ हजार ८७५ रुपैयाँ मूल्य बराबरको ३० हजार क्विन्टल मात्र धान खरीद गर्न सकेको थियो।

संघीय सरकारले प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसामा धान खरीद गर्ने मूल्य तोकेपछि निजी क्षेत्रका धान व्यापारीले सोभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि शाखाले ३० हजार क्विन्टल मात्र धान खरीद गर्न सकेको हो।

सो धानबाट शाखाले १८ हजार ९२८ क्विन्टल चामल बनाएको थियो।

शाखा कार्यालय वीरगञ्जले देशका विभिन्न भागमा आएको बाढीबाट प्रभावितका लागि राहतस्वरुप विराटनगरमा दुई हजार १०० क्विन्टल चामल पठाएको थियो।

त्यसैगरी शाखाले २०७४/७५ मा जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिकटन, भीमफेदी कारागारलाई २०९ मेट्रिकटन तथा गौर कारागारलाई ४५ मेट्रिकटन मन्सुली चामल पठाएको शाखा प्रमुख अधिकारीलेकाे भनाइ छ।

शाखालाई जापान सरकारले सहयोग गरेको ५०० मेट्रिकटनसहित ३२० मेट्रिकटन धान मौज्दात अवस्थामा छ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानलाई पर्सा, बाराका केही किसानले मात्र धान बेच्ने गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्