लकडाउन उल्लंघन गर्दै साना व्यवसायीले खोल्न थाले पसल
<p>काठमाडौं। लकडाउनको उल्लंघन गर्दै ७२ औं दिनपछि साना व्यवसायीले पसल खोल्न थालेका छन्। काठमाडौं उपत्यकाका व्यवसायीले आजदेखि आफूखुशी पसलहरू खोल्न थालेका हुन्।</p>
<p>साना व्यवसायीहरूको छाता संगठन राष्‍ट्रिय व्यवसायी महासंघले आजदेखि लकडाउन उल्लंघन गर्दै पसल खोल्ने निर्णय गरेको थियो।</p>
<p>महासंघको उक्त निर्णयसँगै न्यूरोडका व्यवसायीले धमाधम पसल खोल्न लागेका हुन्। महासंघको निर्णयसँगै न्युरोड, दरबारमार्ग र जोरपाटीलगायत स्थानका व्यवसायीहरूले बिहान ११ बजेसम्म पसल खोलेका हुन्।</p>
<p>पसल बन्द राख्दा बैंकको ब्याज र किस्ता, घरभाडा तथा कर्मचारीलाई पारिश्रमिक दिनसमेत समस्या भइरहेको उनीहरूले बताउँदै आएका छन्। आजदेखि हार्डवेयर, कपडा र फलफूललगायत पसल सञ्‍चालनमा ल्याएका छन्। किराना र औषधि पसलहरू यसअघि पनि खुल्ने गर्थे।</p>
प्रतिक्रिया दिनुहोस्