पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरूङले बताइन्।महानगरपालिकाले पर्यटन क्षेत्रका लागि दुई करोड ४६ लाख रूपैयाँ विनियोजन गरेको छ। महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रूपमा अगाडि बढाउने तयारी गरेको छ।
स्थानीय प्राङ्गारिक उत्पादनलाई प्रवर्द्धन गर्दै महानगरपालिकालाई एग्रो टुरिजम केन्द्रका रूपमा विकास गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरूङले बताइन्।
उनका अनुसार सामुदायिक वनसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण गर्दै १४ स्थानमा पिकनिकस्थल निर्माण गर्नेछ। सराङकोट र पुम्दीभुम्दीमा निर्माणाधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ।
भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास तथा महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षणमा जोड दिइने उल्लेख गर्दै उपप्रमुख गुरूङले आगामी आर्थिक वर्षमा दुईवटा भाषाको शब्दकोष र व्याकरण निर्माणका लागि बजेट विनियोजन गरिएको बताइन्। रासस
" /> पोखरा। पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ।पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरूङले बताइन्।महानगरपालिकाले पर्यटन क्षेत्रका लागि दुई करोड ४६ लाख रूपैयाँ विनियोजन गरेको छ। महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रूपमा अगाडि बढाउने तयारी गरेको छ।

">