सरकारले यही असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोबार शून्यजस्तै छ। दुई हप्तासम्म ग्राहक आएका छैनन्। पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ। सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरिद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन्।
गत चैत १० गते सुनको मूल्य प्रतितोला ७६ हजार थियो आज ९२ हजार सात सय रुपैयाँ छ। कारोबार नभएपछि व्यवसायी बैंकको ऋणको चिन्तामा छन् भने मजदूर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन्। ‘‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन,’’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष देवबहादुर सुनारले भने, ‘‘चार सय व्यवसायी र एक हजार मजदूर संकटमा परेको अवस्था छ।’’
उनले काठमाडौंबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको बताए। ‘‘सुनचाँदी व्यवसाय संकटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ। मजदूर भोकभोकै छन्,’’ अध्यक्ष सुनारले भने, ‘‘यति बेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ।’’
कैलालीमा करीब चार सय सुनचाँदी व्यवसायी छन्। लकडाउनअघि टीकापुर बजारमा मात्र हप्तामा दुई किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ। यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो। लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ। ‘‘समस्या पनि थियो, मूल्य पनि राम्रै थियो तर व्यापारीले सुन किन्दैनन्,’’ टीकापुर-५ की झरना रिमालले भनिन्, ‘‘सुन बिक्री गरेर गर्जो टार्ने भनेर आएँ। बिक्री नगरी फर्कन थाल्दै छु। सुन किन्न व्यापारीले पैसा छैन भन्छन्।’’
पेशा संकटमा परेपछि कतिपय मजदूरले पेशा परिवर्तन गर्न थालेका छन्। उनीहरु लकडाउन खुलेपछि नयाँ पेशा गर्ने तयारीमा छन्। लम्कीका सुनचाँदी व्यवसायी रमेश विकले व्यवसाय नचल्ने भएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताए। ‘‘सुनचाँदी पसल खोल्दा लागेको ऋण थपिँदै गएको छ। नयाँ वर्षदेखि असारसम्म राम्रो कारोबार हुन्थ्यो, लकडाउनले सबै ठप्प भयो,’’ विकले भने, ‘‘यसरी चलाउन सकिएलाजस्तो लागेन। अब अर्को व्यवसाय गर्छु।’’ रासस
" /> लम्की। सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर संकटमा परेका छन्। लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार जति मजदूर संकटमा परेका हुन्। उसो त मजदूर मात्र होइन, स्वयम् सुनचाँदी व्यवसाय पनि धरापमा छ।सरकारले यही असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोबार शून्यजस्तै छ। दुई हप्तासम्म ग्राहक आएका छैनन्। पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ। सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरिद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन्।

">