हेटौँडा। बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा-काठमाडौँ सुरूङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्त्व रहेको बताएका छन्। मन्त्री फुयालले सुरूङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षाैंदेखि भइरहेको अर्बौं रूपैयाँ बराबरको खर्च रोकिने उल्लेख गरे।
उनले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार नाकासमेत भएको प्रदेश २ मा रहेको वीरगञ्जलगायत उक्त प्रदेशका विभिन्न क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशको समेत केही क्षेत्रलाई देशको राजधानीसँग सहज रूपमा जोड्नसमेत सहज हुने बताए। उनले मुग्लिङ- काठमाडौं सडकखण्डलाई चाहेर पनि दुई लेनभन्दा बढी फराकिलो बनाउन नसकिने भौगोलिक जटिलता रहेको बताउँदै सुरूङ नै उत्तम विकल्प रहेको उल्लेख गरे।
हाल विभिन्न क्षेत्रबाट राजधानी सम्मका लागि हुने ढुवानीमा सयौँ किलोमिटर लामो दूरी तय गर्नुपर्दा इन्धन तथा मोटरपार्टसमा समेत अर्बौं रूपैयाँ खर्च हुने गरेको उनको भनाइ थियो। मन्त्री फुयालले हाल देशमा सवारी दुर्घटनाका कारण सयौँ मानिसको मृत्यु हुने गरेको भन्दै उक्त सुरूङमार्गले दुर्घटनाबाट हुने मृत्युदरलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले भारतबाट हाल अमलेषगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरूङमार्ग हुँदै काठमाडौं पुर्‍याउने योजना पनि सुरूङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने बताए। कूल ७२ किलोमिटरमा अमलेषगञ्ज काठमाडौं पाइपलाइन विस्तार गर्न सकिने उनको भनाइ थियो।
मन्त्री फुयालले सुरूङमार्गलाई समयमै शुरू गर्न तथा समयमा नै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। फुयालले तत्काल सङ्‍घीय सरकारसँग छलफल गरी आवश्यक गृहकार्य सम्पन्न गरेर सहकार्यमा काम अगाडि बढाउने जानकारी दिए। रासस
" /> हेटौँडा। बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा-काठमाडौँ सुरूङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्त्व रहेको बताएका छन्। मन्त्री फुयालले सुरूङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षाैंदेखि भइरहेको अर्बौं रूपैयाँ बराबरको खर्च रोकिने उल्लेख गरे।
उनले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार नाकासमेत भएको प्रदेश २ मा रहेको वीरगञ्जलगायत उक्त प्रदेशका विभिन्न क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशको समेत केही क्षेत्रलाई देशको राजधानीसँग सहज रूपमा जोड्नसमेत सहज हुने बताए। उनले मुग्लिङ- काठमाडौं सडकखण्डलाई चाहेर पनि दुई लेनभन्दा बढी फराकिलो बनाउन नसकिने भौगोलिक जटिलता रहेको बताउँदै सुरूङ नै उत्तम विकल्प रहेको उल्लेख गरे।
हाल विभिन्न क्षेत्रबाट राजधानी सम्मका लागि हुने ढुवानीमा सयौँ किलोमिटर लामो दूरी तय गर्नुपर्दा इन्धन तथा मोटरपार्टसमा समेत अर्बौं रूपैयाँ खर्च हुने गरेको उनको भनाइ थियो। मन्त्री फुयालले हाल देशमा सवारी दुर्घटनाका कारण सयौँ मानिसको मृत्यु हुने गरेको भन्दै उक्त सुरूङमार्गले दुर्घटनाबाट हुने मृत्युदरलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले भारतबाट हाल अमलेषगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरूङमार्ग हुँदै काठमाडौं पुर्‍याउने योजना पनि सुरूङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने बताए। कूल ७२ किलोमिटरमा अमलेषगञ्ज काठमाडौं पाइपलाइन विस्तार गर्न सकिने उनको भनाइ थियो।
मन्त्री फुयालले सुरूङमार्गलाई समयमै शुरू गर्न तथा समयमा नै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। फुयालले तत्काल सङ्‍घीय सरकारसँग छलफल गरी आवश्यक गृहकार्य सम्पन्न गरेर सहकार्यमा काम अगाडि बढाउने जानकारी दिए। रासस
"> हेटौँडा-काठमाडौं सुरूङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्त्व छ : मन्त्री फुयाल: Dekhapadhi
हेटौँडा-काठमाडौं सुरूङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्त्व छ : मन्त्री फुयाल
हेटौँडा। बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा-काठमाडौँ सुरूङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्त्व रहेको बताएका छन्। मन्त्री फुयालले सुरूङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षाैंदेखि भइरहेको अर्बौं रूपैयाँ बराबरको खर्च रोकिने उल्लेख गरे।
उनले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार नाकासमेत भएको प्रदेश २ मा रहेको वीरगञ्जलगायत उक्त प्रदेशका विभिन्न क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशको समेत केही क्षेत्रलाई देशको राजधानीसँग सहज रूपमा जोड्नसमेत सहज हुने बताए। उनले मुग्लिङ- काठमाडौं सडकखण्डलाई चाहेर पनि दुई लेनभन्दा बढी फराकिलो बनाउन नसकिने भौगोलिक जटिलता रहेको बताउँदै सुरूङ नै उत्तम विकल्प रहेको उल्लेख गरे।
हाल विभिन्न क्षेत्रबाट राजधानी सम्मका लागि हुने ढुवानीमा सयौँ किलोमिटर लामो दूरी तय गर्नुपर्दा इन्धन तथा मोटरपार्टसमा समेत अर्बौं रूपैयाँ खर्च हुने गरेको उनको भनाइ थियो। मन्त्री फुयालले हाल देशमा सवारी दुर्घटनाका कारण सयौँ मानिसको मृत्यु हुने गरेको भन्दै उक्त सुरूङमार्गले दुर्घटनाबाट हुने मृत्युदरलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्