काठमाडाैं। नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्‍चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्त्वमा गएको महासंघको टोलीले अर्थ सचिव शिशिरकुमार ढुंगानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो।
महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ।
अर्थसचिव ढुंगानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए। महासंघको मागप्रति अर्थसचिव ढुंगाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिए।
महासंघले यसअघि पनि पटक-पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्‍चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ। आज नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्‍चालन गर्न पाउनुपर्ने माग गरेका छन्।
सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्‍चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउनेसम्बन्धी कुनै निर्णय गरेको छैन। रासस
" /> काठमाडाैं। नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्‍चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्त्वमा गएको महासंघको टोलीले अर्थ सचिव शिशिरकुमार ढुंगानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो।
महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ।
अर्थसचिव ढुंगानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए। महासंघको मागप्रति अर्थसचिव ढुंगाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिए।
महासंघले यसअघि पनि पटक-पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्‍चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ। आज नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्‍चालन गर्न पाउनुपर्ने माग गरेका छन्।
सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्‍चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउनेसम्बन्धी कुनै निर्णय गरेको छैन। रासस
"> यातायात सञ्‍चालन नभएको समयमा सहुलियतको माग: Dekhapadhi
यातायात सञ्‍चालन नभएको समयमा सहुलियतको माग
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्त्वमा गएको महासंघको टोलीले अर्थ सचिव शिशिरकुमार ढुंगानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो।
महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ।
अर्थसचिव ढुंगानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए। महासंघको मागप्रति अर्थसचिव ढुंगाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्