विश्व बैंकको नेपालस्थित उपक्षेत्रीय कार्यालयमा रही देशीय निर्देशक फारिस हदाद जारभोसले तीनै देशको लागि विश्व बैंक नेतृत्त्व गर्ने भएका छन्।
अब उनले विश्व बैंकको सहायताअन्तर्गत करिब साढे पाँच अर्ब डलरको पोर्टफोलियो नेतृत्त्व गर्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघिका राष्ट्रिय निर्देशक इदा जे रिदियो विश्व बैंकको नयाँ कार्यभार सम्हाल्ने गरी बिदा भएको विज्ञप्तिमा उल्लेख छ।
जार्भोस सन् १९९६ मा विश्व बैंकमा आबद्ध भएका थिए। उनले यसअघि मलेशिया र बोलिभियाको पनि देशीय व्यवस्थापकका रूपमा काम गरिसकेका छन्। यसैगरी उनी खाडी मुलुकहरूका लागि प्राविधिक सहायता कार्यक्रममासमेत व्यवस्थापकका रूपमा कार्यरत थिए। फारिसले इराकमा पनि विश्व बैंकको ‘हेड अफ द मिसन’का रूपमा पनि काम गरेका थिए।
कोभिड-१९ महामारीको समयमा आकस्मिक सहायता परियोजनाअन्तर्गत विश्व बैंकले नेपाललाई स्वास्थ सेवाको क्षेत्रमा खर्चने गरी दुई करोड ९० लाख डलर सहयोग उपलब्ध गराएको छ। यसैगरी, विश्व बैंकले नेपालमा पूर्वाधार, मानव विकास, वित्त तथा सुशासनका क्षेत्रमा तीन अर्ब डलर बराबरको २५ वटा परियोजनामा काम गरिरहेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ।
नेपाल, मालदिभ्स र श्रीलंकालाई कोभिड-१९ महामारीको संकटमा आकस्मिक राहत परियोजनाअन्तर्गत विश्व बैंकले कूल ३५ करोड डलर सहायता उपलब्ध गराएको छ।
" /> काठमाडौं। विश्व बैंकले नेपाल, मालदिभ्स र श्रीलंका तीनै देश हेर्ने गरी नयाँ राष्ट्रिय निर्देशक चयन गरेको छ।विश्व बैंकको नेपालस्थित उपक्षेत्रीय कार्यालयमा रही देशीय निर्देशक फारिस हदाद जारभोसले तीनै देशको लागि विश्व बैंक नेतृत्त्व गर्ने भएका छन्।

">