उच्च अदालत पाटनमा आज दर्ता गरिएको मुद्दामा ती कम्पनीहरूबाट ४० करोड ७१ लाख रूपैयाँ बिगो कायम गरी उक्त रकम असुली, त्यसको दोब्बर जरिवाना र सञ्चालकलाई कैद सजायको मागदाबी गरिएको छ।
राजस्व छलीको अभियोगमा मुद्दा दर्ता भएका कम्पनीमा काठमाडौं महानगरपालिका-२५ का न्यू सागर प्लास्टिक कन्सर्न र सुप्रिम प्लास्टिक कन्सर्न तथा काठमाडौं महानगरपालिकाकै बिकोई/स्काई/बंगलामुखी जेभी रहेका छन्।
विभागका अनुसार न्यू सागर प्लास्टिक कन्सर्नका सञ्चालकले नक्कली भ्याट बिल प्रयोग गरी २६ करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको पाइएको छ। यसैगरी सुप्रिम प्लास्टिक कन्सर्नका सञ्चालकले नक्कली भ्याट बिलमार्फत पाँच करोड ७७ लाख रूपैयाँ राजस्व छली गरेको विभागले जनाएको छ।
बिकोई/स्काई/बंगलामुखी जेभीका सञ्चालकले झुट्टा तथा नक्कली बिल खरिद मात्र गरी मूल्य अभिवृद्धि कर आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।
उक्त कम्पनीका सञ्चालकले मूल्य अभिवृद्धि करतर्फ दुई करोड ८३ लाख ६४ हजार, आयकरतर्फ चार करोड ५२ लाख तथा लाभांश करतर्फ ६५ लाख ३३ हजार रूपैयाँ गरी कूल आठ करोड एक लाख पाँच हजार रूपैयाँ राजस्व चुहावट गरेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा तीन कम्पनीविरूद्ध मुद्दा चलाएको छ।उच्च अदालत पाटनमा आज दर्ता गरिएको मुद्दामा ती कम्पनीहरूबाट ४० करोड ७१ लाख रूपैयाँ बिगो कायम गरी उक्त रकम असुली, त्यसको दोब्बर जरिवाना र सञ्चालकलाई कैद सजायको मागदाबी गरिएको छ।

">