नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मंगललबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।
“कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखिरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,” अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसंघले घोर भर्त्सना गरेको छ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व भुलेको भन्दै यसको विरुद्धमा जनता सडकमा आउनुपर्ने स्थिति सिर्जना हुँदै गएको बताए। सरकारले जनतालाई पीडा दिने दिशातर्फ उन्मुख भए नेविसंघले कडा आन्दोलन गर्ने उनको भनाइ छ।
नेपाल आयल निगमले १६ असारमा पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे थियाे। निगमले पेट्रोलको खुद्रा मूल्य पाँच रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमले जनाएकाे छ।
" /> काठमाडाैं। नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मंगललबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

">