काठमाडौं। हिमालय एअरलाइन्सले आजदेखि विभिन्न मुलुकमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने भएको। एअरलाइन्सको उडान तालिका अनुसार आज माल्दिभ्सको मालेमा चार्टर्ड उडान हुनेछ।
विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महीनामा हुने चार्टर्ड उडानको कार्यतालिका एअरलाइन्सले हिजो, १७ असारमा सार्वजनिक गरेको थियो। जसअनुसार आज (२ जुलाई) ४, ६, ८ र १० जुलाईमा यूएईको अबुधाबी उडान हुनेछ। ५, ६, ९ र १० जुलाईमा साउदी अरेबियाको दमामा उडान गर्नेछ।
आज, ५ र ९ जुलाईमा कुवेत, ४ र ७ जुलाईमा कतारको दोहा, ५ र ७ जुलाईमा मलेसियाको क्वालालम्पुर र ८ जुलाईमा चीनमा चार्टर्ड उडान गर्ने एअरलाइन्सले जनाएको छ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।
राससका अनुसार यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ। हिमालयले अघिल्लो महीना पनि १० दिन चार्टर्ड उडान गरेको थियो।
" /> काठमाडौं। हिमालय एअरलाइन्सले आजदेखि विभिन्न मुलुकमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने भएको। एअरलाइन्सको उडान तालिका अनुसार आज माल्दिभ्सको मालेमा चार्टर्ड उडान हुनेछ।विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महीनामा हुने चार्टर्ड उडानको कार्यतालिका एअरलाइन्सले हिजो, १७ असारमा सार्वजनिक गरेको थियो। जसअनुसार आज (२ जुलाई) ४, ६, ८ र १० जुलाईमा यूएईको अबुधाबी उडान हुनेछ। ५, ६, ९ र १० जुलाईमा साउदी अरेबियाको दमामा उडान गर्नेछ।

">