तनहुँ। तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ।
कूल १६ करोड ६ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दा करीब छ करोड कम राजश्व सङ्कलन गरेको हो।
जेठ मसान्तसम्म १० करोड १९ लाख २६ हजार ९८८ मात्रै राजश्व सङ्कलन भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। कोभिड-१९ को सन्त्राससँगै लागू गरिएको लकडाउनका कारण राजश्व सङ्कलन गर्ने लक्ष्य प्रभावित भएको न्यौपानेले बताए।
नगरपालिकाले चालू आवका लागि १४ करोड ८५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरे पनि संशोधन गरेर १६ करोड ६ लाख ६९ हजार पुर्याएको थियो।
स्थानीय करबाट आठ करोड ६३ लाख ३० हजार आम्दानीको अनुमान गरिएकोमा पाँच करोड दुई लाख ४० हजार ९०, शुल्कबाट एक करोड ८३ लाख ९० हजार आम्दानी हुने अनुमानमा एक करोड ६७ लाख सात हजार ५३१, दस्तुरबाट तीन करोड २८ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएकोमा दुई करोड ९ लाख ३५ हजार ३१४, दण्ड जरिवानाबाट दुई लाख आम्दानी हुने अनुमान गरिएकामा एक लाख ८३ हजार ६८२ र अन्यबाट दुई करोड २८ लाख ९६ हजार आम्दानी हुने अनुमान गरिएका एक करोड ३८ लाख ६० हजार ३७० मात्रै आम्दानी भएको नगरपालिकाले जनाएको छ। रासस
" /> तनहुँ। तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ।कूल १६ करोड ६ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दा करीब छ करोड कम राजश्व सङ्कलन गरेको हो।

">