सलहको ठूलो झुण्ड भारतकाे झाँसी आइपुग्यो, नेपाल आउने खतरा टरेको छैन
काठमाडौं। भारतको राजस्थानबाट उत्तरतर्फ आउँदै गरेको सलहको ठूलो झुण्ड झाँसीसम्म आइपुगेको छ। हावाको गति र दिशामा कुनै परिवर्तन नआए यो झुण्ड नेपालसम्म आइपुग्ने अनुमान यससँग सम्बन्धित विज्ञले गरेका छन्।

“सलहको ठूलो झुण्ड अहिले भारतको झाँसी आइपुगेको छ। यो झुण्ड पूर्वतर्फ आइरहेको छ। हावाको गति र दिशा मोडिएर उत्तरतर्फ वहन थाले यो झुण्ड नेपालसम्म आइपुग्ने देखिन्छ,” कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले देखापढीलाई बताए।

“भारतले पनि सहल नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। भारतले नियन्त्रण गरे ठूलो झुण्ड आउन सक्दैन। तर, भारतले सकेन भने हामीलाई डर हुन्छ”

हुमागाईका अनुसार झाँसी आइपुगेको सलहको ठूलो झुण्ड हावा उत्तरतर्फ वहन थाले मध्य र पूर्वी तराईबाट नेपाल प्रवेश गर्नेछ।

“भारतले पनि सहल नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। भारतले नियन्त्रण गरे ठूलो झुण्ड आउन सक्दैन। तर, भारतले सकेन भने हामीलाई डर हुन्छ,” हुमागाईले भने।

शनिबार, आइतबार र सोमबार भारतबाट स-साना सलहको झुण्ड नेपाल प्रवेश गरेको थियो। मंगलबार र बुधबार भने नेपाल छिरेका छैनन्। नेपालभित्र छिरेका सलहका ती झुण्ड अहिले ५३ जिल्लामा फेला परेको हुमागाईले बताए।

‘‘अहिले हाम्रो ध्यान भारतबाट नेपालतर्फ आउँदै गरेको सलहको ठूलो झुण्डमा छ। दुई-चार दिन त्यो झुण्ड नेपाल आइपुग्दैन,’’ उनले भने।

नेपालभित्र रहेका सलहले अहिलेसम्म ठूलो क्षति नगरेको उनले जानकारी दिए। शुक्रबारबाट मनसुन अझ बढी सक्रिय हुनेहुँदा सलहले ठूलो क्षति गर्ने सम्भावना कम रहेको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्