संघका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड-१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिनाधितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन्।
“मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ,” महासचिव दाहालले भने। कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन्। संघले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने बताएको छ।
व्यवसायीलाई सरकारले पुनर्कर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न संघले आग्रहसमेत गरेको छ। रासस
" /> काठमाडाैं। राष्ट्रिय व्यापार संघले मौद्रिक नीतिमा व्यवसायीलाई बिनाधितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ।संघका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड-१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिनाधितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन्।

">