मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ११ चैतदेखि अहिलेसम्म नेपालको पर्यटन तथा हवाई क्षेत्रमा उक्त नोक्सानी भएको बताएको हो।
पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न मन्त्रालयले नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सम्मिलित अध्ययन कमिटी गठन गरेको थियो। उक्त कमिटीले प्रतिमहिना सरदर १० अर्ब रूपैयाँ कारोबार मूल्य बराबर नोक्सानी भइरहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो।
७ साउनसम्ममा पुग्दा यस्तो क्षति अर्को सात अर्ब थपिने मन्त्रालयले बताएको छ। त्यसो हुँदा पर्यटन क्षेत्रमा साउनको पहिलो हप्तासम्ममा ४१ अर्ब रूपैयाँ बराबरको क्षति हुने आकलन गरिएको छ।
होटलका लागि भ्याट दाखिला गर्ने समयावधि दुई महिनाबाट बढाएर चार महिना पुर्याउन, हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिश।
क्षति न्यूनीकरण र राहतका लागि सरकारको बजेट तथा कार्यक्रममार्फत् पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था भएको मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता रूद्रसिंह तामाङले बताए।
त्यसैगरी, होटलका लागि भ्याट दाखिला गर्ने समयावधि दुई महिनाबाट बढाएर चार महिना पुर्याउन, हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिश गरिएको उनले बताए।
बजेटबाट पुनरूत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न २० करोड रूपैयाँ बजेटको व्यवस्था सरकारले गरेको छ।
त्यसैगरी, होटल रेस्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यावसाय सूचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरी लागू गरिएको प्रवक्ता तामाङले बताए।
" /> काठमाडौं। कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्बको नोक्सानी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ११ चैतदेखि अहिलेसम्म नेपालको पर्यटन तथा हवाई क्षेत्रमा उक्त नोक्सानी भएको बताएको हो।

">