यसअघि ३० मार्च २०२० (२०७६ चैत १७) सम्म निर्माण सम्पन्न गरेर त्यसको तीन महिनाभित्र विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। जसअनुसार यही असार मसान्तसम्ममा विमानस्थल सञ्चालनमा आउनुपर्ने थियो।
तर, कोभिड–१९ नियन्त्रण र रोकथामका लागि भएको लकडाउनका कारण तोकिएको समयमा काम गर्न नसकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्
लकडाउनको अवधिमा मन्त्रालयले गरेका कामबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने म्याद थप गरिएको जानकारी दिए।
“सन् २०२० डिसेम्बर अन्तिम (२०७७ पुस १६) सम्ममा विमानस्थल निर्माण सम्पन्न गर्ने गरी आयोजनाको म्याद थप गरेका छौं। निर्माण सम्पन्न भएको तीन महीनामा विमानस्थल सञ्चालनमा ल्याउँछौं”, उनले भने।
विमानस्थल निर्माणमा आवश्यक जनशक्ति विदेशमा रहेकाले पनि तोकिएको समयमा आयोजनाको काम सम्पन्न हुन नसकेको उनले बताए। “प्राविधिकहरू कोही जापानमा, कोही चीन, अमेरिका र बेलायतमा छन्। कोभिड–१९ का कारण उनीहरू आउन सकेनन् र तोकिएको समयमा काम सम्पन्न गर्न सकिएन”, मन्त्री भट्टराईले भने।
आयोजनाको म्याद थपिएको मितिमा विमानस्थल निर्माण सम्पन्न भएमा उडानको आन्तरिक तयारीका लागि थप तीन महीना लाग्ने भट्टराईले बताए। त्यसो हुँदा २०७७ चैतमा मात्रै विमानस्थल सञ्चालनमा आउन सक्छ।
विकास निर्माणमा प्रगति देखाउने मुख्य समय लकडाउनको कारण खेर गएको मन्त्री भट्टराईले बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ९५ प्रतिशत काम भइसकेको छ। लकडाउनको अवधिमा पनि काम जारी राख्न ठेकेदारलाई अनुरोध गरेर सहजिकरण गरिएको पनि मन्त्री भट्टराईले बताए।