सलह कीराको मूल्य तोक्दै प्रदेश र स्थानीय सरकार- कहाँ कति ?

काठमाडौं। सलह कीरा नेपाल आउने सम्भाव्यता अध्यन गर्न गठन गरिएको प्राविधिक समितिले नेपाल आउँदैन भन्दाभन्दै सलह कीरा नेपाल प्रवेश गरिसकेको छ।

सलह नेपाल प्रवेश गर्दासम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यवस्थापन र नियन्त्रणको पूर्वतयारी गरेको थिएन। तर, सलह नेपाल प्रवेश गर्न शुरू गर्दासम्म सलह नियन्त्रण तथा व्यवस्थापनको तयारी गर्न ढिला भइसकेको थियो।

यसैबीचमा सलह नियन्त्रणको कुनै विकल्प नभएपछि प्रदेश र स्थानीय सरकारले सलह नियन्त्रण गर्ने नयाँ योजना सर्वाजनिक गरेका छन्।

विभिन्न प्रदेश र स्थानीय सरकारले सलह कीरा समातेर ल्याउनेसँग पैसा तिरेरै खरिद गर्ने निर्णय सार्वजनिक गर्दै आएका छन्।

अहिलेसम्म प्रदेश र स्थानीय गरी ६ वटा सरकारले कृषकसँग सलह किन्ने घोषणा गरिसकेका छन्। जसमा, सबैभन्दा सस्तो प्रदेश ५ सरकारले तोकेको छ। प्रदेश सरकारको अस्थायी राजधानी बुटवले सलह समातेर ल्याउनेलाई प्रतिकिलो २० रूपैयाँ दिन्छ।

बुटवल उपमहानगरपालिकाले १४ गते नै कृषकसँग सलह खरिद गर्ने निर्णय गरेको थियो। जबकि, नेपालमा सलह प्रवेश गरेको पुष्टि १३ असारमा भएको थियो।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कृषकलाई प्रोत्साहन गर्न सलहको किन्ने घोषणा गरेको बताए। तर, गाउँपालिकामा अहिलेसम्म कसैले पनि सलह बेच्न ल्याएका छैनन्।

नेपालमा बुटवल उपमहानगरले पहिलोपटक सलहको मूल्य तोकेपछि अन्य प्रदेश तथा स्थानीय सरकारले पनि सलहको मूल्य तोक्न शुरू गरेका हुन्।

सुदूरपश्चिम प्रदेशले १४ असारमा, स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले १५ असारमा सलहको मूल्य तोकेका थिए। यसका साथै, बागमती प्रदेश र कृषि विज्ञ मदन राईले १६ असारमा सलह किन्ने भन्दै त्यसको मूल्य तोकेका थिए।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कृषकलाई प्रोत्साहन गर्न सलहको किन्ने घोषणा गरेको बताए। तर, गाउँपालिकामा अहिलेसम्म कसैले पनि सलह बेच्न ल्याएका छैनन्।

यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ७ ले पनि सलह समात्नेसँग सलह किन्ने घोषणा गरेको थियो। वडा अध्यक्ष रामकाजी लामिछानेले सलहबाट वडामा कुनै पनि क्षति नहोस्र र समात्ने कृषकलाई सम्मान गर्ने लक्ष्यसहित मूल्य तोकेको देखापढीलाई जानकारी दिए।

यससँगै काठमाडौं उपत्यकाको नगरपालिका टोखाले पनि सलहको मूल्य तोकेको छ।

टोखाले प्रतिकेजी ५० रूपैयाँमा सलह किन्ने घोषणा गरेको नगरप्रमुख प्रकाश दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्