सरकारले घटायो पर्यटन क्षेत्रको प्रचार खर्च
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसारमा खर्च गर्ने रकम घटाएको छ।

कोभिड-१९ ले आम्दानी घटेपछि खर्च कटौती गर्ने क्रममा पर्यटन क्षेत्रको प्रचारप्रसारमा खर्च हुने रकम घटाइएको हो।

सरकारले चालू आर्थिक वर्षमा पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि डेढ अर्ब छुट्टयाएको थियो।
तर, आगामी आर्थिक वर्षका लागि १० करोड रुपैयाँ मात्र छुट्टयाइएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

उनले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रचार प्रसारको रकम घटेको बताए।

प्रचार प्रसारमा थोरै रकम छुट्टिँदा नेपालका पर्यटकीय क्षेत्रहरुको डिजिटल मार्केटिङको काममा कमि आउने उनको भनाई छ।

यस्तै, विभागले पर्यटन व्यवसायी र पर्यटन क्षेत्रका श्रमिकलाई मौद्रिक नितीमार्फत सहुलियतमा ऋण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको जानकारी पनि दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्