नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनमा यस्तो तथ्यांक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी गराए।
नेपालको हवाई र पर्यटन क्षेत्रका यकिन तथ्यांक नहुँदा कोभिड–१९ को असरका कारण भएको क्षति र राहतको कार्यक्रम बनाउन समस्या भएपछि मन्त्रालयले पर्यटन बोर्ड र उड्डयन प्राधिकरणलाई अध्ययनको जिम्मा दिएको थियो।
हवाई र पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा दुई लाख मानिसले रोजगारी पाएको अध्ययनमा देखिएको छ। त्यसैगरी, अप्रत्यक्ष रूपमा भने आठ लाख मानिस हवाई र पर्यटन क्षेत्रमा आवद्ध रहेको मन्त्री भट्टराईले बताए।
कोभिड–१९ को कारण सबैभन्दा धेरै असर पनि पर्यटन र हवाई क्षेत्रमा नै परेको छ। यस क्षेत्रमा रोजगार रहेका सबैजसो मानिस अहिले बेरोजगार छन्। हवाई उडान र होटल बन्द हुँदा ती क्षेत्रमा आश्रित मजदुर काम विहिन भएका छन्।
अहिले व्यवसायीहरुले पर्यटन क्षेत्र खोल्न माग गरेको तर, जोखिमको अवस्थालाई पनि ध्यान दिनुपर्ने उनले बताए।
कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको भट्टराईले बताए।
पर्यटक-ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनले बताए। “व्यवसायीहरुले व्यवसाय सञ्चालन अनुमतिका लागि पटक–पटक आग्रह गरिरहेका छन्। होटल खोलेर मात्रै हुँदैन। निजी सवारी साधन चल्ने अवस्था छैन”, भट्टराईले भने, “सतर्कता अपनाउने विषयमा छलफल र तयारी गरिरहेका छौं।”
भट्टराईले भने, ‘‘होटल खोलेर मात्रै भएन, मान्छे आएर बस्नुपर्यो। पर्यटकहरु आउनुपर्यो। आन्तरिक पर्यटक पनि आउनुपर्यो। होटलमा बस्न सुरक्षित छैन। सामाजिक दुरी छैन। अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले, प्रत्येक पर्यटकीय क्षेत्रका लागि प्रोटोकल जारी गरेर पठाइसकिएको छ। सबैले त्यसको पालना गर्नुपर्छ।”
मन्त्रालयले जारी गरेको प्रोटोकल लागू भए नभएको नेपाल पर्यटन बोर्डले अनुगमन गर्ने उनले बताए। एयरलाइन्सहरुका लागि पनि आवश्यक प्रोटोकल बनाएर लागु गरिएको मन्त्री भट्टराईले बताए। कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्बको क्षति भएको मन्त्री भट्टराईले बताए।
प्रतिमहिना सरदर १० अर्ब रूपैयाँ कारोबार मूल्य बराबर नोक्सानी पर्यटन क्षेत्रमा भइरहेको र ७ साउनसम्ममा पुग्दा सात अर्ब थप क्षति हुने आकलन गरिएको मन्त्री भट्टराईले बताए।