काभ्रेपलाञ्चोक। पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो। १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका वास्तविक लाभग्राही पत्ता लगाउन तथा उनीहरूको अवस्था पत्ता लगाउन आउँदो आर्थिक वर्षको शुरूआतदेखि गाउँमै जाने कार्यालयले जनाएको हो।
वास्तविक लाभग्राही पहिचान अभियानअन्तर्गत पहिलो चरणमा भूकम्पका आवास अनुदान लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएर अन्य किस्ता सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाइने कार्यालय प्रमुख शिवप्रसाद लम्सालले बताए। उनले भने “लाभग्राही सम्झौता गरेका तथा सूचीकृत भई सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाउन गाउँगाउँ जाने योजना बनाएका हौँ।” प्रवलीकरण लाभग्रहीमा सूचीकृत सयौँ पीडित परिवारले पूर्ण लाभग्राही कायम गरिदिन स्थानीय तहमार्फत् निवेदन दिएकाले उनीहरुका अवस्थासमेत अनुगमन गरिने लम्सालले बताए।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अवासलगायत पूर्वाधार पुनःनिर्माणको काम आउने वर्ष सक्ने योजना बनाएकाले जिल्लास्थित् कार्यालय पुनःनिर्माणको अवस्था बुझ्न लागेको हो। लाभग्राहीको अवस्था बुझ्ने अभियानले उनीहरूको समस्या पहिचान गरी निरुपण गर्न कार्यालयले सहजीकरणसमेत गर्नसक्ने लम्सालले बताए।
उनका अनुसार पहिलो किस्ता लिएर डीपीसी गरेको तर जग्गा संयुक्त नाममा भएका कारण दोस्रो किस्ता नपाएको गुनासो कार्यालयमा निकै आएको छ। रासस
" /> काभ्रेपलाञ्चोक। पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो। १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका वास्तविक लाभग्राही पत्ता लगाउन तथा उनीहरूको अवस्था पत्ता लगाउन आउँदो आर्थिक वर्षको शुरूआतदेखि गाउँमै जाने कार्यालयले जनाएको हो।वास्तविक लाभग्राही पहिचान अभियानअन्तर्गत पहिलो चरणमा भूकम्पका आवास अनुदान लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएर अन्य किस्ता सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाइने कार्यालय प्रमुख शिवप्रसाद लम्सालले बताए। उनले भने “लाभग्राही सम्झौता गरेका तथा सूचीकृत भई सम्झौता गर्न नआएकाको अवस्था पत्ता लगाउन गाउँगाउँ जाने योजना बनाएका हौँ।” प्रवलीकरण लाभग्रहीमा सूचीकृत सयौँ पीडित परिवारले पूर्ण लाभग्राही कायम गरिदिन स्थानीय तहमार्फत् निवेदन दिएकाले उनीहरुका अवस्थासमेत अनुगमन गरिने लम्सालले बताए।

">