लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् भने ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्। यसो हुँदा ४६ हजार ५७९ लगानीकर्ता २० कित्ता शेयरको हकदार भएका छन्।
एनआईसी एशिया लघुवित्तले १० असारदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।
लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ।
लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा कूल चार लाख १४ हजार १८० लगानीकर्ताले आवेदन गरेकोमा १६ हजार ४३९ वटा आवेदन रद्द भएको सानिमा क्यापिटलले जनाएको छ।
" /> काठमाडौं। एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ। लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटले आज आइपिओ बाँडफाड गरेको हो।लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् भने ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन्। यसो हुँदा ४६ हजार ५७९ लगानीकर्ता २० कित्ता शेयरको हकदार भएका छन्।

">