कास्की। राष्ट्रिय गौरव आयाेजना अन्तर्गतको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ। आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो।
२२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले वि.सं. २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइन्छ।
त्यसैगरी भवन, ह्याङ्‍गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उनले जानकारी दिए।
“हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन,” आयोजना प्रमुख मुनकर्मीले भने।
बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो। गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक सय जना नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन्।
सामान आयो, जनशक्ति अभाव
लामो समय भारतको कोलकाता बन्दरगाहमा रोकिएको आयोजनाका निर्माण सामग्री पोखरा आइपुगेका छन्। चार महिनाअघिदेखि कोलकातामा रोकिएका नौ कन्टेनर सामान हालै आयोजनास्थलमा आए पनि चीनबाट आउनुपर्ने मजदुर तथा केरुङ नाकामा रोकिएका सामग्री भने अझै आइनपुग्दा काम प्रभावित भएको आयोजनाले जनाएको छ।
ट्रान्सफर्मर, डेकोरेसन तथा स्ट्रक्चर, पार्टस् तथा सिमेन्टलगायतका सामग्री बन्दरगाहमा रोकिएकामा केही दिनअघि मात्र ल्याइएपछि आयोजनाको काम रोकिने अवस्था नरहेको बताइन्छ।
मौज्दात सामग्रीले बन्दाबन्दीमा काम सञ्चालन भए पनि लामो समय रोकिएका सामान ल्याउन नसकेको खण्डमा असारदेखि काम ठप्प हुने आयोजनाले जनाएको थियो।
" /> कास्की। राष्ट्रिय गौरव आयाेजना अन्तर्गतको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ। आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो।
२२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले वि.सं. २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइन्छ।
त्यसैगरी भवन, ह्याङ्‍गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उनले जानकारी दिए।
“हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन,” आयोजना प्रमुख मुनकर्मीले भने।
बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो। गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक सय जना नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन्।
सामान आयो, जनशक्ति अभाव
लामो समय भारतको कोलकाता बन्दरगाहमा रोकिएको आयोजनाका निर्माण सामग्री पोखरा आइपुगेका छन्। चार महिनाअघिदेखि कोलकातामा रोकिएका नौ कन्टेनर सामान हालै आयोजनास्थलमा आए पनि चीनबाट आउनुपर्ने मजदुर तथा केरुङ नाकामा रोकिएका सामग्री भने अझै आइनपुग्दा काम प्रभावित भएको आयोजनाले जनाएको छ।
ट्रान्सफर्मर, डेकोरेसन तथा स्ट्रक्चर, पार्टस् तथा सिमेन्टलगायतका सामग्री बन्दरगाहमा रोकिएकामा केही दिनअघि मात्र ल्याइएपछि आयोजनाको काम रोकिने अवस्था नरहेको बताइन्छ।
मौज्दात सामग्रीले बन्दाबन्दीमा काम सञ्चालन भए पनि लामो समय रोकिएका सामान ल्याउन नसकेको खण्डमा असारदेखि काम ठप्प हुने आयोजनाले जनाएको थियो।
"> पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न: Dekhapadhi
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न
कास्की। राष्ट्रिय गौरव आयाेजना अन्तर्गतको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ। आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो।
२२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले वि.सं. २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइन्छ।
“हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन,” आयोजना प्रमुख मुनकर्मीले भने।
बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो। गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक सय जना नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन्।
सामान आयो, जनशक्ति अभाव
लामो समय भारतको कोलकाता बन्दरगाहमा रोकिएको आयोजनाका निर्माण सामग्री पोखरा आइपुगेका छन्। चार महिनाअघिदेखि कोलकातामा रोकिएका नौ कन्टेनर सामान हालै आयोजनास्थलमा आए पनि चीनबाट आउनुपर्ने मजदुर तथा केरुङ नाकामा रोकिएका सामग्री भने अझै आइनपुग्दा काम प्रभावित भएको आयोजनाले जनाएको छ।
ट्रान्सफर्मर, डेकोरेसन तथा स्ट्रक्चर, पार्टस् तथा सिमेन्टलगायतका सामग्री बन्दरगाहमा रोकिएकामा केही दिनअघि मात्र ल्याइएपछि आयोजनाको काम रोकिने अवस्था नरहेको बताइन्छ।
मौज्दात सामग्रीले बन्दाबन्दीमा काम सञ्चालन भए पनि लामो समय रोकिएका सामान ल्याउन नसकेको खण्डमा असारदेखि काम ठप्प हुने आयोजनाले जनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्