काठमाडौं। साधना लघुवित्तको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ। लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले सात लाख सात हजार ८०० कित्ता बराबरको आईपीओ निष्काशन गरेको हो। निष्काशन गरिने कूल शेयरमध्ये १० हजार ८९० कित्ता कर्मचारीहरूको लागि र ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ।
साधना लघुवित्तले बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरूको लागि जारी गरेको हो। लघुवित्तको उक्त आईपीओ छिटोमा २४ असारसम्म आवेदन दिन सकिने छ भने ढिलोमा ४ साउनसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ। अघिल्लो मितिमा सबै शेयर बिक्री नहुँदा मात्रै ४ साउनसम्म आवदेन गर्न पाइन्छ।
साधना लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओ निष्काशन तथा बिक्रीको जिम्मा लिएको ग्लोबल आईएमई क्यापिटलले बताएको छ। लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत् पनि आवेदन दिन सकिनेछ।
गोरखामा केन्द्रीय कार्यालय भएको साधना लघुवित्तीय संस्थाको कार्यक्षेत्र १० जिल्लामा तोकिएको छ।
" /> काठमाडौं। साधना लघुवित्तको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ। लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले सात लाख सात हजार ८०० कित्ता बराबरको आईपीओ निष्काशन गरेको हो। निष्काशन गरिने कूल शेयरमध्ये १० हजार ८९० कित्ता कर्मचारीहरूको लागि र ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ।साधना लघुवित्तले बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरूको लागि जारी गरेको हो। लघुवित्तको उक्त आईपीओ छिटोमा २४ असारसम्म आवेदन दिन सकिने छ भने ढिलोमा ४ साउनसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ। अघिल्लो मितिमा सबै शेयर बिक्री नहुँदा मात्रै ४ साउनसम्म आवदेन गर्न पाइन्छ।

">