लकडाउन अवधिको ब्याज छुट नगरे सडकमा उत्रिने व्यवसायीको चेतावनी
काठमाडौं। साना व्यवसायीले नेपाल राष्ट्र बैंकलाई बैंकको ब्यादजर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न अनुरोध गरेका छन्।
आइतबार एक विज्ञप्ति निकाल्दै ब्याज छुट र किस्ता तिर्ने समय पर नसारिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

साना व्यापारीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले  आफूहरूले अघि सारेका ५ बुँदे माग पूरा नगरिए सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन्।

महासंघले करिब तीन महिनासम्म पूर्ण रुपमा लकडाउन भएको र अहिले पनि आंशिक लकडाउन चलिरहेकाले उद्योग व्यवसाय समस्यामा रहेको बताएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले लकडाउन पूर्ण रुपमा नखुल्दै ऋण तिर्न बैंक तथा वित्तीय संस्थाले ताकेता गरिरहेको बताए। उनले व्यवसायीहरुको समस्यालाई सहज बनाउन राष्ट्र बैंकले केही प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको पनि बताए।

महासंघले लकडाउन अवधिको ब्याजदर पूर्ण छुट, किस्ता तिर्ने समय एक वर्ष पर सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना व्यवसायीको पहुँच सुनिश्चितता गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर ३ दशमलव ५ प्रतिशत कायम गर्नुपर्ने माग राखेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्