काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङमार्गमा पानी हालेर परीक्षण सुरू गरिएको छ। आज मेलम्ची खानेपानी आयोजनाको सुरूङमा मेलम्ची खोलाको पानी डाइर्भसन गरेर बगाइएको साइट इन्जिनियर शेखर खनालले देखापढीलाई जानकारी दिए।

सुरूङ परीक्षण सुभारम्भ गर्न सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल पनि मेलम्ची पुगेका थिए। “अस्थायी डाइभर्सनबाट पानी सुरूङमा हालेर ८०० मिटर सुरूङको परीक्षण गरी फ्लसिङ गेट बाट पानी फेरि मेलम्ची खोलामा नै पठाइयो”, इन्जिनियर खनालले भने। सुरुङ भित्रको एउटा गेटमा ढोका फिट गर्न बाँकी रहेकाले आज ८०० मिटरसम्म मात्रै पानी बगाइएको उनले बताए।

ढोका फिट गर्ने काम आज सकिने र भोलिबाट पूरै सुरूङ मार्गमा पानी बगाएर परीक्षण गरिने उनले बताए। “भोलिबाट पूरै सुरूङमा पानी हाल्छौं र विस्तारै सुरूङ भर्दै जाने योजना छ। २६० लिटर प्रतिसेकेन्डका दरले सुरूङमार्गमा पानी हाल्ने योजना छ”, खनालले भने।

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर सुरूङ मेलम्ची खानेपानी आयोजनाको लागि तयार गरिएको छ। पुरै सुरूङ भर्नका लागि २० दिन लाग्ने उनले बताए। “भोलिबाट सुन्दरीजलसम्मै पानी पठाएर सुरूङ मार्ग भर्ने हो। त्यसका लागि अब नियमित पानी सुरूङमा पठाउँछौं”, इन्जिनियर खनालले भने।

सुरूङमार्ग भरिएपछि खाली गर्न पनि करिब २० दिन नै लाग्ने उनले बताए। सुरूङमार्गमा कुनै समस्या भए नभएको परीक्षण गर्नका लागि पानी भर्न लागिएको हो। यदी सुरूङमार्गमा पानी भर्दा कुनै समस्या नआएमा नियमित रूपमा पानी बगाउनको लागि खानेपानी आयोजनाको सुरूङ तयार हुन्छ। कतै समस्या भेटिएमा भने फेरि सुरूङ मार्गको परीक्षण गर्नुपर्ने हुन्छ।

मेलम्ची खोलाको पानी सुरूङ मार्गमा हाल्न थालिए पनि डाइभर्सनको स्थायी संरचना भने बनिसकेको छैन। अहिले अस्थायी डाइभर्सनबाट खोलाको पानी सुरूङतर्फ फर्काइएको छ।

मेलम्चीबाट प्रतिदिन १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ। दोस्रो चरणमा भने याङ्ग्री र लार्के खोलाको पानी पनि सोही सुरूङमार्गबाट पानी काठमाडौं ल्याउने योजना छ। मेलम्ची खानेपानी आयोजनाको दोस्रो परियोजनाको रूपमा याङ्ग्री र लार्केमा पनि काम शुरू भइसकेको छ।

काठमाडौं उपत्यकामा करिब ५८ हजार परिवारलाई खानेपानी उपलब्ध गराउने योजना सहित दुई दशक अघि खानेपानी आयोजना शुरू भएको थियो। पाँच वर्षमा पूरा गर्ने उद्देश्यसहित शुरू भएको आयोजना २० वर्ष पूरा हुँदा पनि सम्पन्न भइसकेको छैन।

आयोजना व्यवस्थापनमा चरम लाहपर्वाहीको कारण देशकै ठूलो खानेपानी आयोजना प्रभावित भएको थियो। पछिल्लो समयमा गत आर्थिक वर्षमा नै मेलम्चीको खानेपानी काठमाडौं ल्याइसक्ने भनिए पनि सुरूङ मार्ग ब्रेक–थ्रु हुने अवस्थामा इटालियन कम्पनीका ठेकेदार काम छोडेर भागेका थिए। त्यसपछि नयाँ ठेकेदार नियुक्त गरेर मेलम्ची खानेपानी आयोजनाको सुरूङ निर्माण सम्पन्न गरिएको थियो।

सुरूङमा पानी भित्र्याउनको लागि स्थायी डाइभर्सन निर्माणको काम भने धमाधम भइरहेको छ। वर्षायाम अगाडि नै स्थायी डाइभर्सन बनाइसक्ने आयोजनाको लक्ष्य भए पनि चैत ११ गतेबाट भएको लकडाउनको कारण खानेपानी आयोजनाको काम प्रभावित भएको थियो।

सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनाबाटै काठमाडौंमा पानी वितरण गर्ने भनेको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले साउन महीनाबाटै काठमाडौंमा खानेपानी वितरण गर्ने उल्लेख गरेको छ। तर, केही संरचना निर्माणको काम बाँकी रहेकाले साउनबाटै मेलम्चीको पानी काठमाडौंका घर घरमा पुग्नेमा भने आशंका कायमै छ।

" /> काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङमार्गमा पानी हालेर परीक्षण सुरू गरिएको छ। आज मेलम्ची खानेपानी आयोजनाको सुरूङमा मेलम्ची खोलाको पानी डाइर्भसन गरेर बगाइएको साइट इन्जिनियर शेखर खनालले देखापढीलाई जानकारी दिए।

"> मेलम्ची खानेपानीको सुरूङ मार्गमा पानी हालेर परीक्षण शुरू, २० दिनमा पूरै सुरूङ भरिने: Dekhapadhi
फाइल तस्बिर
मेलम्ची खानेपानीको सुरूङ मार्गमा पानी हालेर परीक्षण शुरू, २० दिनमा पूरै सुरूङ भरिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्