काठमाडौं। खानेपानीमन्त्री बिना मगरले अबको केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने बताएकी छन्।
मेलम्चीको सुरुङमा पानी परीक्षण गरेपछि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले लामो समयसम्मको अन्याेलतापछि मेलम्ची खानेपानीको आयोजना सम्पन्नतातर्फ गएको बताइन्।
उनले भनिन्, “मेलम्ची आयोजनाले धेरै अन्याेलताहरू सामना गर्याे। मेलम्ची आयोजना एक किसिमको दन्त्य कथाजस्तो पनि बन्यो।”
तर, आजदेखि सुरुङमा पानी परीक्षणको काम सुरु भएको उनको भनाइ छ। जसकारण अन्याेलतामा रहेको आयोजना अबको केही समयपछि नै उद्घाटन गरिने उनले बताइन्।
मेलम्ची आयोजनालाई पटक-पटक असफल आयोजनाको रूपमा प्रस्तुत गरिए पनि सफल भएको उनको भनाइ छ।
" /> काठमाडौं। खानेपानीमन्त्री बिना मगरले अबको केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने बताएकी छन्।मेलम्चीको सुरुङमा पानी परीक्षण गरेपछि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले लामो समयसम्मको अन्याेलतापछि मेलम्ची खानेपानीको आयोजना सम्पन्नतातर्फ गएको बताइन्।

">