काठमाडौं। झण्डै तीन महिने लकडाउनपछि खुलेको बजारमा व्यापारीहरूले उधारो कारोबार बन्द गरेका छन्। लकडाउनअघि व्यावसायिक साझेदारबीच हुने गरेको उधारो कारोबार अहिले पूर्णरूपपमा बन्द भएको हो। “सामान आयात हुन सकेको छैन। आफ्नो गोदाममा भएको सामान उधारोमा दिनुभन्दा नगद दिएरै बेचौं भन्ने मनसायले उधारो कारोबार बन्द गरेको हुँ,” काठमाडौंको असनमा जुत्ता र झोला पसल सञ्चालन गरिरहेका शंकर बस्नेतले देखापढीसँग भने।
खासगरी, कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र महामारी कहिलेसम्म लम्बिने भन्ने एकिन नहुँदा व्यवसायीहरूमा अन्योलता छाएको छ। “लकडाउनपछि खुलेको बजारमा धेरै कारोबार हुँदैन। सबैजसो व्यापारीसँग तीन महिने लकडाउनमा पैसा सकिएको छ। उधारो दिएर त कसरी चल्न सकिन्छ र,” बस्नेतले भने।
अहिले उधारो कारोबारलाई व्यापारीहरूले नै निरुत्साहित गरिरहेका छन्। न्यूरोडमा जुत्ता, चप्पलको व्यापार गर्दै आएका नवराज तिवारीले कोरोना महामारीसँगै कारोबारमा नयाँ संस्कार शुरू गरेको जनाए। महामारीको समयमा संक्रमण हुने सम्भावना बढी भएकोले उधारो कारोबार गर्न व्यापारीहरू नै हिच्किचाएको उनले बताए।
“रोग लागेर केही भएको अवस्थामा उधारो रकम उठाउन नसक्ने स्थिति आउन सक्छ। त्यसैले नगदमै कारोबार गर्न थालिएको हो”, तिवारीले भने। कोरोना महामारीले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने अनुमान गर्न नसक्दा व्यवसायीहरूले लेनदेनमा उधारो कारोबार नगर्ने मनस्थिति बनाएका हुन्।
कोरोनाका कारण पछिल्ला दिन सानो परिमाणमा व्यापार भइरहेकाले पनि नगदमै कारोबार गर्न सहज भएको व्यापारीहरूको भनाइ छ।
कोरोनो महामारी शुरू हुनुअघि र पछि खुलेको बजारमा हुने कारोबारमा धेरै भिन्नता आएको अनुभव राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको छ। महामारी अघि व्यापारीहरू उधारोमा कारोबार गर्दै विस्तारै पैसा जम्मा गर्ने गर्थे भने महामारीपछि त्यो अवस्था छैन।
“उधारोमा कारोबार नहुनु भनेको बजारमा अहिले प्रतिस्पर्धी छैनन् भन्नु हो। प्रतिस्पर्धी भएको भए उधारोमै सामान दिनुपर्थ्यो। बजारमा ग्राहक नभएकाले त्यस्तो नभएको हो,’ कटुवालको बुझाइ छ। उनले बजारमा ९० प्रतिशत कारोबार नगदमै हुन थालेको बताए।
" /> काठमाडौं। झण्डै तीन महिने लकडाउनपछि खुलेको बजारमा व्यापारीहरूले उधारो कारोबार बन्द गरेका छन्। लकडाउनअघि व्यावसायिक साझेदारबीच हुने गरेको उधारो कारोबार अहिले पूर्णरूपपमा बन्द भएको हो। “सामान आयात हुन सकेको छैन। आफ्नो गोदाममा भएको सामान उधारोमा दिनुभन्दा नगद दिएरै बेचौं भन्ने मनसायले उधारो कारोबार बन्द गरेको हुँ,” काठमाडौंको असनमा जुत्ता र झोला पसल सञ्चालन गरिरहेका शंकर बस्नेतले देखापढीसँग भने।खासगरी, कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र महामारी कहिलेसम्म लम्बिने भन्ने एकिन नहुँदा व्यवसायीहरूमा अन्योलता छाएको छ। “लकडाउनपछि खुलेको बजारमा धेरै कारोबार हुँदैन। सबैजसो व्यापारीसँग तीन महिने लकडाउनमा पैसा सकिएको छ। उधारो दिएर त कसरी चल्न सकिन्छ र,” बस्नेतले भने।

">