बन्द भएको ६ महिनापछि केरूङबाट भित्रियो सामान, निर्यात गर्न नपाउने

काठमाडौं। उत्तरतर्फकाे छिमेकी मुलुक चीनसँगको व्यापारिक नाका केरूङबाट ६ महिनापछि सामान आयात भएको छ।

माघ १५ गतेदेखि बन्द भएको नाका आजदेखि सञ्चालनमा आएको हो। आज चीनबाट चार वटा कन्टेनर भित्रिएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ।

चीनमा कोरोना भाइरस देखिएपछि सजगता अपनाउन भन्दै १५ माघमा बन्द गरिएको नाका त्यसयता बन्द थियो।

पछिल्लो समय नेपालले एकतर्फी रूपमा नाका सञ्चालन गर्न आग्रह गरेपछि चिनियाँ पक्षले त्यसलाई स्वीकार गरेपछि नाका सञ्चालनमा आएको हो।