टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा रहेको ढुंगाना टोलमा वर्षा शुरू भएसँगै देखिने डल्फिन हेर्न स्वदेशी मात्रै होइन विदेशी पर्यटकसमेत पुगेका छन्।
बन्दाबन्दीमा नेपालमै रहेका इङ्ल्याण्डका दुई र नेडरल्याण्ड्सका एक जना पर्यटक उक्त क्षेत्रमा डल्फिन अवलोकन गर्न पुगे।
बर्दियाको ठाकुरद्वारमा बसेका उनीहरू डल्फिन अवलोकन गर्न पाउँदा निकै रमाएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताए। उनले नजिकैबाट डल्फिन देख्न पाएपछि विदेशी पर्यटकहरू निक्कै रमाएको बताए।
करिब पाँचवटा बच्चा र १० वटा वयस्क गरी हालसम्म १५ वटा डल्फिन देखिएको अध्यक्ष ढुंगानाले बताए। उनले मोहना, पथरैया र काँढा गरी तीनवटै नदी र गैरी खोलाको दोभानमा डल्फिन देखिन थालेको बताए।
विश्वमै दुर्लभ मानिने गङ्गेटिक प्रजातिको डल्फिन अवलोकनका लागि कैलालीमा हरेक वर्ष विदेशी पर्यटक पुग्ने गरेका छन्। कोरोना भाइरसका कारण मुलुककै पर्यटन यसवर्ष प्रभावित भए पनि डल्फिन अवलोकनका लागि विदेशी पर्यटक आउँदा उत्साह थपिएको अध्यक्ष ढुंगानाले बताए।
डल्फिनसँगै विश्वमै दुर्लभ प्रजातिको गोही घडियाल, मगरगोही र कछुवाहरूसमेत अवलोकन गर्न पाएपछि यहाँ आउने पर्यटकहरू निकै रमाउने गरेको डल्फिन संरक्षण मञ्चका सचिव तथा संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए। उनले वर्षा लागेसँगै नदीको जलस्तर बढ्ने र आहाराका लागि पर्याप्त रूपमा माछा पाइने भएकाले डल्फिनहरू यहाँसम्म आउने गरेको बताए।
कर्णाली नदीमा पाइमे रैथाले जातका डल्फिनहरू कर्णाली नदीमा जलस्तर बढेपछि सहायक नदी मोहना, पथरैया र काँढाको संगमस्थलमा डल्फिन आउने गरेको लामो समयदेखि डल्फिन खोज अनुसन्धान तथा संरक्षणमा लागेका संरक्षणकर्मी श्रेष्ठले बताए।
" /> कैलाली। कोरोना भाइरसका कारण पर्यटन वर्ष प्रभावित प्रभावित भए पनि प्रकृतिप्रेमी पर्यटकलाई भने कोरोनाले समेत रोक्न सकेन।टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा रहेको ढुंगाना टोलमा वर्षा शुरू भएसँगै देखिने डल्फिन हेर्न स्वदेशी मात्रै होइन विदेशी पर्यटकसमेत पुगेका छन्।

">